बेनी, आइतबार बेलुकी बागलुङको रेशमा भएको घटनाप्रति संघिय ढल निकास तथा खानेपानी व्यवस्थापन कार्यालय म्याग्दीका इन्जिनियर राम उदगार यादवले आफ्नो बदनाम गरिएको भन्दै समाचारको खण्डन गरेका छन् ।
पानी परेको समयमा आफ्नो गाडि रोकिएकोले छाड्न आग्रह गर्दा स्थानीयलाई हातपात गरेको भन्ने कुरा झुट भएको उनले दाबी गरेका छन् । यादवले स्थानीयबाट आँफूलाई अपमान गरिएको र सुरक्षाका लागि प्रहरी बोलाएको बिज्ञप्तीमार्फत उल्लेख गरेका छन् ।
यादवले आफ्नो नाम जोडेर बनाएको समाचारमा तथ्य नभएको भन्दै बागलुङ नगर खानेपानीका कर्मचारी घटनाको साछी भएको समेत उनले बताए । उनले उक्त समाचार कपोलकल्पित भएको समेत टिप्पणी गरेका छन् । उजुरी नपरेको भन्ने उनको भनाइमा भने उनको टिप्पणी मिलेको छैन ।
स्थानीयले हस्ताक्षर गरेर पत्र समेत पठाएकोले मेलमिलाप गराउने तयारी गर्दा स्थानीय नआएपछि यादवलाई पठाइएको जिल्ला प्रहरीका सूचना अधिकारी इकवाल हवारीले बताए । काठेखोलामा काम परेर गएका यादव रेशको नुनथला पुगेर फर्कदा विवाद भएको थियो । स्थानीयले झरीपछि घरमा बाढी पस्न लागेकोले भलबाढी पन्छाउन लाग्दा गाडि आएकोले तत्काल छाड्न नसकेको दावी गरेका छन् ।
रेश घटनामा मेरो बदनाम गरियो : इन्जिनियर यादव
प्रतिक्रिया दिनुहोस