निलदह आयोजनाबाट नेप्टेचौरमा खानेपानी बितरण सुरु

Gandaki Kotihome

बेनी, म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरमा निलदह खानेपानी आयोजना निर्माण भएको छ ।

कोरोना ¬(भाइरस) महामारीको जोखिम र नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका बीच घरघरमा धाराबाट खानेपानी बितरण भएपछि नेप्टेचौरबासी उत्साहीत भएका छन् । आयोजनाका अध्यक्ष चन्द्रबहादुर चोखालले निषेधाज्ञाको असहज अवस्थाका बावजुद खानेपानी बितरण सुरु गरिएको जानकारी दिनुभयो ।

“डाडाबारी, काडेखोर, बतासे, चाउका, कुटीबारी, आरुबोट, सेतोढुङ्गा, काडेखोर, ढुङ्गेपाली, दलित बस्ति र खहरेटोलका २२७ घरमा खानेपानी बितरण थालेका छौ,” उहाँले भन्नुभयो “सबै घरमा निर्माण भएको धारामा मिटर जोडेर खानेपानी बितरण सुरु भएको हो ।”

Shreekrishna hardwear in news

निलदहमा मुहान रहेको आयोजनाको दुई वटा ५०÷५० घनमिटर, तीन वटा २० घनमिटर क्षमताको टंकी निर्माण भएको छ । यस आयोजना मार्फत हटियाका करिब पचास घरमा पानी बितरणको तयारी भएको उपभोक्ता समितिका अध्यक्ष चोखालले बताउनुभयो ।

खानेपानी, सिचाई तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७४÷७५ मा उपभोक्ता समिति मार्फत आयोजना निर्माण सुरु गरेको थियो । कार्यालय प्रमुख कुमारबहादुर खड्काले कुल रु. दुई करोड ७५ लाख लागत अनुमान गरिएको आयोजनाका लागि चालु आबमा रु. तीस लाख बिनियोजन भएको बताउनुभयो ।

Notice about ban dadalo

“हटियामा पानी बितरणका लागि शाखा लाइनमा राख्ने पाइप खरिद प्रक्रीयामा छ,” उहाँले भन्नुभयो “यसै आबमा हटियामा पानी बितरण गरेर यो आयोजना सम्पन्न गर्ने तयारीमा छौ ।” स्थानीयबासीले सार्वजनिक धारा मार्फत खानेपानी उपभोग गर्दै आएका थिए । बि.स. २०२८ मा निर्माण भएको आयोजना २०४५ र २०५९ मा मर्मत गरिएको थियो ।

आयोजनाको पुरानो संरचना जिर्ण भएपछि माग अनुसार पानी आपुर्ति गर्न समस्या भएको थियो । घरकै धारामा नियमित पानी आउन थालेपछि दैनिकी सहज भएको छ ।

पानी लिन धारामा जाने–आउने र पालो पर्खादा लाग्ने समयको बचत भएको छ, । कपडा धुन, गाइबस्तुलाई खुवाउन र व्यक्तिगत सरसफाईमा सहयोग मिलेको छ । पानीका कारणले सामाजिक दन्द्ध हुन छोडेको छ । सामाजिक सद्भाव बढेको छ । खानेपानीका कारण स्थानीयबासीबिच बिवाद र दन्द्ध हुने गर्दथ्यो ।

आयोजनालाई ब्यवस्थित र दिर्घकालिन हिसाबले सञ्चालन गर्न एक जना कर्मचारी राखिएको छ । खानेपानी खपत गरेको आधारमा मासिक शूल्क संकलन गर्ने ब्यवस्था मिलाइएको छ । संकलित शूल्क कर्मचारीको तलब र आयोजना मर्मत, सम्भारमा खर्च गरिने उपभोक्ता समितिले जनाएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...