बेनी नगरद्धारा अस्पताललाई स्वास्थ्य उपकरण’ सहयोग

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दीको बेनी नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले आर्थिक स्रोत जुटाएर अस्पताललाई अक्सिजन कन्सनटे«टर उपलब्ध गराएका छन् ।

जनप्रतिनिधीहरुले पाउने सुबिधाबाट आधा महिनाको रकम र कर्मचारीहरुले स्वच्छिक नगद संकलन गरेर जुटाएको रकमबाट छ थान अक्सिजन कन्सनटे«टर खरिद गरेर बेनी अस्पताललाई उपलब्ध गराएका हुन ।

नगर उपप्रमुख सञ्जु बरुवाल र प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुबेदीले शुक्रबार बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई अक्सिजन कन्सनटे«टर हस्तान्तरण गर्नुभयो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

कोरोना (भाइरस)बाट संक्रमित भएकाको उपचारका लागि प्रयोग गरिने कन्सनटे«टर महामारी पछि स्वास प्रस्वास सम्बन्धी समस्या भएका अन्य रोगका बिरामीको उपचारमा उपयोग गरिने अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कटुवालले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सुबेदीले जनप्रतिनिधी र कर्मचारीहरुबाट संकलित रकमबाट रु. चार लाख ८० हजार खर्चेर प्रति मिनेट पाँच लिटर क्षमताको अक्सिजन कन्सनटे«टर खरिद गरेर अस्पताललाई उपलब्ध गराइएको बताउनुभयो ।

अस्पताललाई आवश्यक पर्ने थप स्वास्थ्य उपकरण पनि उपलब्ध गराइने उहाँले बताउनुभयो । बेनी नगरपालिकाले अस्पतालमा बीस शैया क्षमताको आइसोलेशन स्थापना गर्न करिब रु. सात लाख खर्च गरेको छ ।

माउन्ट एभरेष्ट आवासीय माविको पुरानो भवनमा प्रिआइसोलेशन सञ्चालन, टोल टोलमा पुगेर लक्षण देखिएकाको स्वाब नमुना संकलन र एन्टिेजेन परिक्षण, संक्रमितलाई अस्पताल र स्वास्थ्य संस्था पुग्न तथा घर फर्कन निशूल्क गाडीको ब्यवस्था मिलाएको छ । होम आइसोलेशनमा बसेका संक्रमितको अवस्था बुझ्न, मनोबल बढाउन र जनचेतना अभिवृद्धीका लागि स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको टोलीले घरदैलो गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...