टिकोटको सामुदायिक डाइनिङ हल जोखिममा

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा रहेको सामुदायिक डाइनिङ हल जोखिममा परेको छ ।

बुधबार रातीदेखि निरन्तरको बर्षापछि भवन परिसरको पर्खाल भत्किएपछि जोखिममा परेको हो । खेलमैदानको कुना देखि डाइनीङ र भान्छाकोठा भएको ठाउँसम्मको पर्खाल भत्किएर जोखिम भएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

टिकोट माबिका प्रअ प्रदिप पुनले जोखिममा परेको भवनको सामानहरु शुक्रबार अन्यत्र सारिएको बताउनुभयो । डाइनिङ हलका चार जना भान्छे र प्रअ पुनले सामान सार्नुभएको थियो ।

Shreekrishna

अन्नपूर्ण धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्ग अन्तरगत पर्ने टिकोटमा दश वर्षअघी तत्कालीन लघुउद्यम बिकास कार्यक्रमको सहयोगमा पाहुनाहरुलाई बसेर खाना खाने सामुदायिक भवन बनाइएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...