काठमाडौमा रहेका धौलागिरीबासीले पठाए स्वास्थ्य सुरक्षा सामग्री

Gandaki Kotihome

बेनी । काठमाडौमा रहेका धवलागिरीका बासिन्दाहरुले गृहजिल्लामा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि करिब रु. पाँच लाख मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री पठाएका छन् ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि अग्रपंतीमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारीहरुका लागि चन्दा संकलन गरेर सामग्री खरिद गरि पठाएका हुन् । पुख्यौली थलो धवलागिरी भई राजधानी काठमाडौ र विदेशमा रहेकाहरुबाट चन्दा संकलन गरेर खरिद गरिएको सामग्री मंगलबार सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको छ ।

एक सय पिस पिपिई (ब्यक्तिगत सुरक्षा सामग्री), ५० गोटा थर्मल गन, ५० गोटा अक्सीमिटर, ५ गोटा डिस्पेञ्जर, पन्ध्र हजार मास्क, २०० लिटर स्यानीटाइजर, १०५ वटा सानो बोत्तलको स्यानीटाइजर, ३५ वटा डिजिटल सानो थर्मलगन, दुई हजार जोडा सर्जिकल ग्लोब्स, ४० गोटा स्यानीटाइजर स्याण्ड, १७ गोटा अफिस स्प्रे, १८० वटा फेस शिल्ड र रु. साठी हजार मूल्य बराबरको औषधी पठाएका हुन्

Shreekrishna hardwear in news
Notice about ban dadalo

धवलागिरी गाउँपालिकाको दरखोला हाइड्रोपावर र यसका सञ्चालक रेशम भण्डारी, चिमखोलाको मोना बगरखोला जलबिद्युत आयोजना र सञ्चालक योगेन्द्र क्षेत्री र म्याग्दी प्रवासी नेपाली संघ (मोना)का निवर्तमान अध्यक्ष तथा संरक्षक चक्रबहादुर थापाको पहलमा आर्थिक स्रोत जुटाएर सामग्री उपलब्ध गराइएको हो ।

दरखोला जलबिद्युत आयोजनाका भण्डारी र मोनाका संरक्षक थापाले बेनीमा चिमखोलाका बासिन्दालाई वितरण गर्ने, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो । यसैगरी मंगला, मालिका गाउँपालिका र इलाका प्रहरी कार्यालय दरवाङलाई पनि सामग्री उपलब्ध गराएको बताउनुभयो । धवलागिरी गाउँपालिका, वडा, सबै स्वास्थ्य संस्था र बिद्यालयमा पुग्ने गरी गाउँपालिकालाई सामग्री उपलब्ध गराउने उहाँहरुले बताउनुभयो ।

सामग्री खरिदका लागि दरखोला र बगरखोला जलबिद्युत आयोजनाले एक÷एक लाख, मुना फलियागाउँ घर भई हाल अस्टे«लीयामा रेहकाहरुबाट ९० हजार, मुना समाज काठमाडौबाट तीस हजार, धगापा समाज काठमाडौबाट बीस हजार, धगापा २ घर भई हाल काठमाडौ बस्ने कमल पुर्जाले बीस हजार, धगापा–६ मराङ घर भई हाल काठमाडौमा बस्नुहुने धनबहादुर गुरुङले बीस हजार, बन्दु थापाले आठ हजार, खड्गबहादुर थापाले पाँच हजार, अर्जुन थापाले पाँच हजार, चक्रबहादुर थापाले ४८ हजार, रेशम भण्डारीले ४८ हजार र अन्य व्यक्तिहरुबाट १२ रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...