धौलागिरी हिमालबाट पाँच हजार किलो फोहोर संकलन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, नेपाली सेनाले म्याग्दी स्थित धौलागिरी हिमालको आधार शिविर क्षेत्रबाट पाँच मेट्रिक्टन फोहोर संकलन गरेको छ ।

म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने आठ हजार १६७ मिटर अग्लो धौलागिरी संसारको सातौ अग्लो हिमाल हो । नेपाली सेनाको “सफा हिमाल अभियान २०२१” अन्तरगत धौलागिरी हिमाल क्षेत्रबाट पाँच हजार २० किलोग्राम फोहोर संकलन गरिएको सेनाले जनाएको छ ।

हिमालबाट संकलन गरिएको नकुहिने चार हजार ७२० किलोग्राम फोहोर प्रसोधन गरेर पुनप्रयोग र ब्यवस्थापन गर्ने प्रयोजनका लागि शुक्रबार अभ्नि भेन्चर्स प्रा.लीलाई हस्तान्तरण गरिएको थियो । तीन सय किलोग्राम फोहोर धवलागिरी गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना


फोहोर संकलनका क्रममा हिमालमा फेला परेको दुई वटा मानव अवसेश (कंकाल) आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई हस्तान्तरण गरिएको थियो । युनिलिभर नेपाल प्रा.ली.को आर्थिक सहयोगमा सञ्चालित हिमाल सरसफाई कार्यक्रमको साझेदार संस्था पिक प्रमोसन हो ।

हिमाल सरसफाईका लागि धौलागिरी क्षेत्रमा गएको टोली जेठ ३ गते फर्किएको छ । धौलागिरी र आमादब्लम हिमालको सरसफाई गरिसकेको सेनाले मकालु हिमाल सरसफाई जेठ ११ गतेसम्म निरन्तरता दिएको छ । सगरमाथा, ल्होत्से र पुमोरीको सफाई कार्यक्रम जेठ १५ गतेसम्म जारी रहने नेपाली सेनाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरसफाई टोलीले धौलागिरी हिमालमा सन २००६ मा दुर्घटना भएका एयर डाइनेष्टिको हेलिकप्टरको अवशेस फेला पारेको थियो । आधार शिविरमा आरोही र भम्रणमा पुगेका पर्यटक, पथ प्रदर्शक तथा तिनका सहयोगीले प्रयोग गरेर फालेका कपडा, ग्यास सिलिन्डर, भारी बोक्ने क्यारी, सिसी, रबर र फलामका भाँडाकुँडा, खानाका बट्टा, चियाका थर्मस, डोका, खादा, खाजा प्याक गरिएका प्याकेट तथा प्लास्टिक थुप्रिएको थियो ।

स्थानीय पर्यटन व्यवसायी हरिप्रसाद तिलिजाले बर्षौको प्रयासपछि हिमाल सरसफाई भएकोमा खुसी व्यक्त गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । हेलिकप्टरमार्फत पु¥याइएका टायर, धातुका सामग्री र आरोहणमा प्रयोग गरिएका उपकरण आधार शिविरमै अव्यवस्थित तवरले फाल्ने कार्यलाई रोक्नुपर्ने उहाँको भनाई छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...