कोरोना संक्रमितलाई अनलाइनबाट परामर्श

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २४ को हाम्रो कास्कीकोट युवा संजालले नियमित रूपमा “डाक्टरसंग सरसल्लाह” कार्यक्रम सञ्चालन गरेको छ ।

गत वर्ष विभिन्न ठाउँमा कार्यरत कास्कीकोट सम्बद्ध चिकित्सकहरु विवरण संकलन गरेको संस्थाले यस वर्ष उनीहरूलाई दैनिक रूपमा भर्चुअल कार्यक्रममा उपस्थित गराई परामर्श लिन सकिने व्यवस्था मिलाएको छ । बेलुका ६:३० बजे देखि ७:०० बजे सम्मको समय छुट्टयाइएको उक्त कार्यक्रममा कोभिडका बिरामी, शंका लागेका, दिर्घ रोगी तथा अन्य व्यक्तिहरुले आफ्ना स्वास्थ्य सम्बन्धि जिज्ञासा सिधै डाक्टरसंग राख्न सक्छन् ।

ईन्टरनेटको पहुँच नभएका व्यक्तिहरुले पनि तोकिएको नम्बरमा एसएमएस वा फोन सम्पर्क गरि आफ्ना जिज्ञासा राख्न सक्ने संजालका संयोजक हेम सुवेदी बताउनुहुन्छ । हालसम्म डा. सन्तोष अधिकारी, डा. किरण बस्ताकोटी, डा. नवराज बस्ताकोटी, डा हेमराज बराल चितवन र डा. असिम सुवेदीले परामर्श दिइसक्नुभएको र आगामी दिनमा डा. दिपक मल्ल, डा.बिश्वराज बस्ताकोटी लगायतका अन्य डाक्टरहरुले पनि परामर्श दिनुहुने संस्थाका सल्लाहकार संयोजक राम प्रसाद शर्माले जानकारी दिनुभएको छ ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

विशेषगरी कोभिडका बिरामीले लाभ लिन सकुन भन्ने उद्देश्यले संचालन गरिएको उक्त कार्यक्रममा जुनसुकै ठाउँबाट जोसुकै सहभागी हुन सक्ने संस्थाका संस्थापक संयाेजक चन्द्रेश्वर बस्ताकोटी बताउनुहुन्छ । आफ्नो संस्थाले एकदमै राम्रो काम गरेको र आफुले पनि यसबाट लाभ लिईरहेको अर्का संस्थापक बालाहरी शर्मा चुवाई बताउनुहुन्छ ।

कार्यक्रममा प्रत्यक्ष रूपमा अनलाइनमा जोडिन नसक्नेले संस्थाको युट्युब च्यानल मार्फत हेर्न सकुन् भन्ने उद्देश्यले नियमित रूपमा युट्युबमा उक्त कार्यक्रमहरुको भिडियो अपलोड गर्ने गरिएको र सो को जानकारी सामाजिक संजाल मार्फत दिइएको संजालका प्राविधिक संयोजक ई. रुद्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । उक्त भर्चुअल कार्यक्रममा सहभागी हुन तलको लिंक मार्फत प्रत्येक दिन साझ ६:३० बजे जुममा जोडिनु पर्नेछ ।

https://us04web.zoom.us/j/3226003423?pwd=ZTNCbXVpUTdrVlRGZ2N2WkVvWGlsUT09
अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...