दरवाङमा विपद् ब्यवस्थापन कोष स्थापना

Shreekrishna hardware

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङको वडा कार्यालयले विपद् ब्यवस्थापन कोष स्थापना गरेको छ । कोरोना लगायत महामारी र विपद्को अवस्थामा अप्ठ्यारो परेका नागरिकको सहयोगका लागि स्थापना गरिएको कोषमा वडाका जनप्रतिनिधिहरुले ५५ हजार रुपैयाँ जम्मा गरेका छन् ।

Ban devision notice

कोरोना संक्रमित विपन्न नागरिकको उपचारमा सघाउन, अस्पताल पुग्नका लागि यातायात सुबिधा उपलब्ध गराउन, स्वास्थ्य सामग्रीको ब्यवस्थापन, निषेधाज्ञाबाट प्रभावित भएका निम्न बर्गका नागरिकलाई राहत, बाढी पहिरो पिडितको आवास पुननिर्माण र विपन्न बालबालिकाको शिक्षाका लागि स्थापित कोषमा सहयोग गर्न वडा कार्यालयले अपिल गरेको छ ।

कोषमा वडा अध्यक्ष सन्तोष सुबेदीले पन्ध्र हजार, कार्यपालिका सदस्इ गौमत चपाई, वडा सदस्य पथबहादुर रोका, कर्ण रोका र बिष्णु सुनारले दश हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।दश दशकोषमा वडा अध्यक्ष सन्तोष सुबेदीले पन्ध्र हजार, कार्यपालिका सदस्इ गौमत चपाई, वडा सदस्य पथबहादुर रोका, कर्ण रोका र बिष्णु सुनारले दश, दश हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...