रघुगंगाका अध्यक्ष भण्डारीले बिरामी बोक्न निजी गाडी उपलब्ध गराए

khali

बेनी । म्याग्दीको रघगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले आफ्नो निजी गाडी एम्बुलेन्स बनाएर बिरामी बोक्नका लागि गाउँपालिकालाई उपलब्ध गराउनुभएको छ ।

तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित भएका पालिकाका बासिन्दालाई सहज रुपमा स्वास्थ्य संस्था र अस्पताल पु¥याउन सहज होस भनेर निशूल्क प्रयोग गर्ने गरी व्यक्तिगत गाडी पालिकालाई उपलब्ध गराउनुभएको हो ।

९ सिट क्षमताको ग २ च २४९५ नम्बरको अध्यक्ष भण्डारीको निजी स्कारपियो गाडीको चाबी मंगलबार प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीलाई उपलब्ध गराउनु भएको छ ।

Shreekrishna hardwear in news
khali

बिशेष गरेर कोरोना संक्रमितको यातायात सुबिधाका लागि उपलब्ध गराइएको गाडी आवश्यकता अनुसार आपतकालिन अवस्थामा अन्य रोगका बिरामीहरुका लागि पनि उपयोग गरिने भएको छ ।

अध्यक्ष भण्डारीले महामारीको समय रहँदासम्मका लागि गाडीको ब्यवस्था मिलाउनुभएको हो । यसअघि मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले आफु चढ्ने पालिकाको गाडीमा कोरोना संक्रमित बोक्न एम्बुलेन्स बनाउने घोषणा गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन चढ्ने पालिकाको र उपाध्यक्ष केशमाया मगर चढ्ने भाडाको गाडीलाई पनि कोरोना संक्रमितको यातायात सुबिधाका लागि एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...