कालिपुलका चार वटा पसलमाथि छानबिन

Shreekrishna hardware

बेनी । बेनीको कालीपुलका चार वटा पसलका सञ्चालक माथि स्थानीय प्रशासनले छानबिन थालेको छ ।

कोरोना रोकथामका लागि गरिएको निषेधाज्ञाको मौका छापेर बढी मूल्यमा सामान बेच्ने, मिसावट र चुहावट गरेको गुनासोको आधारमा जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले छानबिन सुरु गरेको हो ।

कालीपुलको बिक्की, सुकन टे«डर्स, सुरज स्टोर्स र प्रस्तावित रणबिर किराना पसलको अनुगमन गरि खरिद र बिक्री बिल अध्ययन तथा छानबिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलले जानकारी दिनुभयो ।

Shreekrishna

ती पसलबाट उल्लेखित भन्दा बढी शूल्क लिएर खाद्यान्न बिक्री गरेको भिडियो सार्वजनिक भएको थियो । उपभोक्ताहरुको गुनासोका आधारमा छानबिन सुरु गरेको सहायक प्रजिअ पौडेलले बताउनुभयो ।

सहायक प्रजिअ पौडेलको नेतृत्वमा प्रहरी नायव उपरिक्षक श्यामकुमार राई, प्रहरी निरिक्षक योगेन्द्र राइ, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेल, बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य संघका प्रतिनिधीहरुको टोली शुक्रबार बिहान कालीपुल पुगेका थिए ।

Ban devision notice

टोलीले ब्यापारीहरुले खरिद र बिक्री गरेको सामानको बिल, भएका सामानमा उल्लेखित मूल्यका बिषयमा सोधपुछ र कागजात अध्ययन गरेको थियो । चार वटै पसलका सञ्चालकहरुलाई बयानका लागि प्रशासनमा हाँजिर हुन निर्देशन दिइएको छ ।

भारतीय नागरिक प्रदिपकुमार शाह सञ्चालक रहेको रणबिर किराना पसल दर्तानै नभएको पाइएको छ । अन्य तीन वटा पसलका सञ्चालकले दुई थरी बिल प्रयोग गरेका छन् । बास्तबिक मूल्य भन्दा कम दरमा खरिद र बिक्री बिल बनाउने गरेको पाइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पौडेलले बताउनुभयो ।

उहाँले पहिले खरिद गरेका मौजुदा सामानलाई पनि पछिल्लो पटक बढेको मूल्यमा बेच्ने गरेको पाइएको बताउनुभयो । केही समययता म्याग्दीमा चिनी, खानेतेल र ग्याँसको कृतिम अभाव सिर्जना र कालोबजारी हुन थालेको गुनासो बढेपछि अनुगमन थालिएको छ ।

सुरज किराना पसलका सञ्चालक परमानन्द शाहले पोखरा, बागलुङ र कुश्माका डिलरले बास्तबिक तिरेको मूल्य अनुसारको बिल नदिनाले आफूहरुलाई मर्का परेको बताउनुभयो । “परेको मूल्यको बिल माग्दा सामान छैन भनेर दिदैनन,” उहाँले भन्नुभयो “बढी मूल्य तिरेर कमको बिल लिनुपर्ने बाध्यता छ ।”

म्याग्दी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुबिन श्रेष्ठले जिल्लामा उत्पादन नहुने सामान बेच्न आउने बाहिरका ब्यापारिका कारण समस्या भएको बताउनुभयो । उहाँका अनुसार म्याग्दीका ब्यापारीहरुले खाद्यान्न लयागत दैनिक उपभोग्य बस्तुमा ७५ प्रतिशत पोखरा, बागलुङ र पर्वतका डिलरकहाँ निर्भर छन् ।

बेनीका डिलरले २५ प्रतिशत सामान आपुर्ति गर्छन् । कम्पनीबाटनै वास्तविक भन्दा कम मूल्यको बिल जारी हुँदा राजस्व छली भएको छ । खाने तेल उत्पादक उद्योगलेनै एक महिनामा तीन पटक मूल्य बढाएका उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

परेको मूल्यमा नाफा जोडेर सामान बेच्न र बास्तबिक मूल्य अनुसारको खरिद तथा बिक्री बिल जारी गर्न उपाध्यक्ष श्रेष्ठले ब्यापारीहरुलाई आग्रह गर्नुभयो । बेनीका केही ब्यापारीहरुले ग्रामिण क्षेत्रमा म्याद नाघेका सामान पठाउने, प्याकीङ खोलेर चुहावट र मिसावट गर्ने गरेको गुनासो बढेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...