म्याग्दीका तातोपानी कुुण्डहरु बन्द

Gandaki Kotihome

बेनी । तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोरोना (भाइरस) नियन्त्रणका लागि म्याग्दीका तातोपानी कुण्डमा स्नानका लागि बन्द गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बुधबार प्रशासनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सबै तातोपानीका कुण्डहरु बन्द गराउने निर्णय गरेको हो । बैठकपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा गलेश्वरधामको नित्यपुजा बाहेकका अन्य गतिबिधी, सिंगा, भुरुङ्ग तातोपानी लगायतका कुण्ड, जिमखाना, कवर्डहल, योग केन्द्र बन्द गराउने निर्णय भएको उल्लेख छ ।

म्याग्दीमा एकैदिन पिसिआर बिधिबाट गरिएको परिक्षणमा १३ र एन्टिजेन बिधिबाट गरिएको परिक्षणका क्रममा ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सरदमुकाम बेनीका साथै ग्रामिण क्षेत्रमा पनि संक्रमित भेटिन थालेका छन् ।

Upper Myagdi transmition line notice

यसअघि शिक्षक र बिद्यार्थीमा कोरोना संरक्षण पुष्टि भएपछि मंगलबार बसेको कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रको बैठकले बैशाख १५ देखि २८ गतेसम्म बिद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो ।

Annapurna aarohan ko notice

धेरै ठाउँका मानिसको जमघट हुने तातोपानी कुण्डमा भीड लाग्ने गर्छ । कुण्डमा आउने बिरामी तथा पर्यटकको माध्यमबाट कोरोना भित्रने जोखिमलाई मध्यनजर गर्दै सतर्कताका लागि बन्द गराउने निर्णय भएको प्रशासनले जनाएको छ ।

फागुन, चैत र बैशाख महिना कुण्डमा स्नानको मुख्य सिजन (याम) हो । यो याममा दैनिक एक हजार छ सय जनासम्मले कुण्डमा स्नान गर्छन् । म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सीयस तातोपानी संकलन गरीएको तलाउमा स्नान गरेमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्किएको, पेट दुख्ने, खाना रुची नहुने लगायतका स्वास्थ्य समस्या निको हुने विश्वास छ ।

वीरेनुन र गन्धन (सल्फर) तत्वसहितको ४५ देखि ५७ डिग्री सेल्सीयस तातोपानी निस्कने मुहान रहेको छ । सिंगाका साथै मुस्ताङ जाने बेनी–जोमसोम सडक अन्तरगत अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा कालीगण्डकी किनारमा रहेको तातोपानी कुण्ड पर्यटकीय स्थलको रुपमा परिचित छ ।

अन्नपूर्ण गाउपालिकाको पाउद्धार, पोखरेबगरको रातोपानी, दोवाको सेकार्कु, रघुगंगा गाउपालिकाको दर्मीजा, धवलागिरी गाउपालिकाको बगर र गुर्जामा प्राकृतिक तातोपानी कुण्ड छन् । यी कुण्डहरुमा पनि स्नान गरेर उपचारका लागि बिरामी आउँछन् । कोरोनाको जोखिम हुने भएकाले स्थानीय प्रशासनले मेला, महोत्सव, सभा, समारोह आयोजना गर्न बन्द गराएको छ । २५ जना भन्दा बढी जन्ति र मलामी जान नपाउने नियम पनि बनाएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...