जनजागृति माविमा दुई कोठे भवन निर्माण

Gandaki Kotihome

मल्कवाङ । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा रहेका जनजागृति माविमा निर्माण भएको दुई कोठे भवनको सोमबार हस्तान्तरण र उद्घाटन गरिएको छ ।

गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक बिकास परियोजना, धवलागिरी गाउँपालिका र समुदायको साझेदारीमा निर्माण भएको भवनको प्रतिनिधीसभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभएको हो ।

धवलागिरी गाउँपालिकाको रु. छ लाख, गुड नेवर्स इन्टरनेशनलको रु. १७ लाख ५५ हजार ४८३ आर्थिक सहयोग तथा समुदायको रु. दुई लाख ६७ हजार ५१२ गरि कुल रु. २६ लाख २२ हजार ९९५ को लागतमा भवन निर्माण भएको संगम म्याग्दीका शिक्षा बिकास अधिकृत चन्द्रप्रकाश बुढामगरले बताउनुभयो ।

Upper Myagdi transmition line notice

गुड नेवर्सको सहयोगमा कदम र संगम म्याग्दीले धवलागिरी गाउँपालिकामा परियोजना सञ्चालन गरेका छन् । भवन उद्घाटनपछि आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य थापाले म्याग्दीको बिद्युत, सडक, पुल, खानेपानी र नदी नियन्त्रणका लागि उल्लेख्य मात्रामा काम भएको बताउनुभयो ।

Annapurna aarohan ko notice

उहाँले सामुदायिक बिद्यालयको पुर्बाधारमा पनि धेरै सुधार आएको बताउदै शैक्षिक गुणस्तर बढाउन केन्द्रित हुन आग्रह गर्नुभयो । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले म्याग्दीमा राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत भूकम्पले भत्काएका र जिर्ण बनाएका ५६ वटा बिद्यालय भवन निर्माण सकिएको र थप ४९ वटा निर्माणाधिन रहेका बताउनुभयो ।

कार्यक्रममा स्थानीय अमर छन्त्यालले जनजागृति मावि हाल रहेको ठाउँबाट अन्यत्र स्थानान्तरण गर्नुपर्ने भएकाले सहयोगका लागि सांसद थापाको ध्यानाकर्षण गराउनुभयो । गाउँपालिकाको शिक्षा शाखाका स्रोत व्यक्ति गिरीप्रसाद छन्त्यालले भिरालो र साघुरो भएकाले भवन स्थानान्तरणका लागि पहल गरिएको बताउनुभयो ।

बिद्यालयका प्रअ जाहुर आलमले पुराना भवन जिर्ण भएर भत्कने अवस्थामा रहेकाले जोखिम बढेको र त्रासमा पठनपाठन गर्नु गराउनुपरेको बताउनुभयो । ब्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्यालले होपा खोलामा आठ रोपनी जग्गा ब्यवस्थापन गरेर दुई कोठे भवन निर्माण सकिएको र पुननिर्माण प्राधिकरणको चार कोठे भवन निर्माणाधिन रहेको बताउनुभयो ।

खाल्डाडामा रहेको बिद्यालय होपाखोलामा पुर्बाधार बनाएपछि स्थानान्तरण गरिने बताउनुभयो । कक्षा १० सम्म पठनपाठन हुने जनजागृति माविमा १८७ जना बिद्यार्थी छन् । गुड नेवर्सको सहयोगमा संगम र धवलागिरी गाउँपालिकाको साझेदारीमा यसै बर्ष मराङको जनबिकास आधारभूत बिद्यालयमा एक कोठे बालबिकास कक्षा कोठा निर्माण भएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...