अनुगमन समितिको ढिलासुस्तिले अन्नपूर्णका उपभोक्ता समिति मर्कामा

Shreekrishna hardware

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँकार्यपालिका अन्तरगतको अनुगमन समितिको निश्क्रीयता र बेवास्ताका कारण उपभोक्ता समितिका पदाधीकारी मर्कामा परेका छन् ।

काम सकेको महिनौ सम्म अनुगमन समितिले स्थलगत निरिक्षण गर्न र प्रतिवेदन दिन ढिलाई गर्दा उपभोक्ता समिति, निर्माण ब्यवसायी र आपुर्तिकर्ताले समयमै भुक्तानी नपाएको गुनासो गरेका हुन् ।

उपाध्यक्ष केशमाया मगर नेतृत्वको अनुगमन समितिले स्थलगत निरिक्षण पछि गरेको सिफारिसको आधारमा प्राबिधिकले बिल बनाएर भुक्तानी प्रक्रिया अघि बढाउने ब्यवस्था छ । पटक–पटक बोलाउदाँ पनि अनुगमन समिति नआउँदा भुक्तानी रोकिएर मजदुर, आपुर्तिकर्तालाई ज्याला दिन समस्या भएको उपभोक्ता समितिका पदाधीकारीहरुले बताएका छन् ।
समितिमा वडा न. ६ का अध्यक्ष कृष्णप्रसाद बरुवाल, कार्यपालिका सदस्य बिष्णुकुमारी दमै, आत्म तुलाचन, थमबहादुर बिक, योजना शाखाका अधिकृत हरिकृष्ण आचार्य र प्राबिधिक शाखाका प्रमुख इञ्जिनियर इश्वरबहादुर भण्डारी सदस्य हुनुहुन्छ ।

Shreekrishna

आर्थिक वर्षको बिचमा प्रमुख प्रशासकीय परिवर्तन हुनु, योजनाहरु थपिनु र संसोधन हुनु, सरुवा भएर जाने र आउने प्रशासकीय अधिकृतले कार्यालयमा बसेर नियमित काम नगरेको, जम्बो अनुगमन समितिबीच समन्वय अभाव, टुक्रे योजना धेरै हुँदा कार्यान्वयनमा समस्या देखिएको छ ।

दरबन्दी अनुसार प्राबिधिक जनशक्ति नहुँदा एउटै प्राबिधिकलाई तीन वटा सम्म वडाका योजनाको जिम्मा लगाइएको छ । १, ७ र ८ नम्बर वडाका योजना बालकृष्ण पौडेल, २ र ४ को यामनारायण पौडेल, ३ को निश्चल चोखाल, ५, ६ नम्बर वडाका साथै ठेक्का मार्फत कार्यान्वयन हुने योजना रुचेन्द्र अधिकारीले हेर्नुहुन्छ ।

प्रमुख प्रशासकीय अधिकृत सुरण शर्मा पौडेलका अनुसार चालु आर्थिक वर्षमा खरिद जन्य ५१ वटा सहित २०५ वटा योजना तथा कार्यक्रमलाई बजेट बिनियोजन भएको छ । हालसम्म १३३ वटा योजना सम्झौता भएकोमा ४१ वटाले निर्माण सकेर अन्तिम किस्ता भुक्तानी लगेका छन् ।
९२ वटा योजना कार्यान्वयनको क्रममा छन् । आर्थिक वर्ष सकिन तीन महिना बाँकी हुँदा ७२ वटा सम्झौता हुन बाँकी छ । १५ लाख रुपैयाँ भन्दा बढी बजेट बिनियोजन भएका छ वटा योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिएको छ ।

Ban devision notice

कुल ४५ करोड १४ लाख नौ हजार ६२० हजार रुपैयाँ बजेट बिनियोजन गरेको अन्नपूर्णले आइतबारसम्म ३७.०९ प्रतिशत अथवा १७ करोड ११ लाख २५ हजार साठी रुपैयाँ खर्च गरेको छ । चालुतर्फ २९ करोड ५७ लाख ७५ हजार ६२० रुपैयाँ बिनियोजन भएकोमा १३ करोड ६३ लाख ९० हजार ८२९ रुपैयाँ अथवा ४६.११ प्रतिशत खर्च भएको छ ।

पँुजिगत तर्फ १५ करोड ५६ लाख ३४ हजार रुपैयाँ बिनियोजन भएकोमा तीन करोड ४७ लाख ३४ हजार २३१ रुपैयाँ अथवा २२.३२ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । काम सकिएका आयोजनाका उपभोक्ता समितिलाई बोलाएर धमाधम भुक्तानी गरिरहेको उहाँले बताउनुभयो ।

केही दिनअघि कार्यालयको प्रशासनिक र आर्थिक काम ठप्प बनाएर मुस्ताङ घुम्न गएपछि अन्नपूर्णका कर्मचारी र जनप्रतिनिधीहरुको चर्को आलोचना भएको थियो । दवाव र गुनासो बढेपछि चारदिनका लागि भ्रमणमा गएका उनिहरु दोस्रो दिनमै मुक्तीनाथबाट पोखरेबगर फर्किनुका साथै खर्च समेत ब्यक्तिगत हिसाबले ब्यहोर्ने घोषणा गरेका थिए ।

उपाध्यक्ष मगरले प्रमुख प्रशासकीय अधिकृत आएपछि अनुगमन गरेर भुक्तानीका लागि सिफारिस गर्न तिब्रता दिएको बताउनुभयो । एउटा वडाका योजनालाई एकै पटक अनुगमन गर्ने योजना अनुसार आइतबार घोडेपानीबाट अनुगमन सुरु गरेको उपाध्यक्ष मगरले बताउनुभयो ।

गत असारको गाउँसभा र कार्यपालिका बैठकले गरेको बैशाख अघिनै पुर्बाधार योजना कार्यान्वयन सक्ने निर्णय कागजमै सिमिति बन्ने देखिएको छ । इञ्जिनियर इश्वर भण्डारीले चार जना प्राबिधिकले आठ वडा हेर्नुपर्ने र टुक्रे योजना धेरै भएकाले उपभोक्ता समितिले भन्दा बित्तिकै बिल बनाउन सक्ने अवस्था नरहेको बताउनुभयो ।

तर काम सकिएका योजनाहरुको सूचना पाउने बित्तिकै नापजाँच गरेर मूल्याङ्कन र बिल बनाउने गरेको उहाँले बताउनुभयो । प्राबिधिक शाखाबाट उपभोक्ता र निर्माण ब्यवसायीलाई अल्झाउने काम नभएको उहाँको दावी छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...