देबिस्थान र हिस्तानमा माओवादी केन्द्रको वडा कमिटि पुर्नगठन

Gandaki Kotihome

बेनी । नेकपा माओवादी केन्द्रले शनिबार मालिका गाउँपालिका–५ देविस्थान र अन्नपूर्ण गाउँपालिका–७ हिस्तानमा वडा कमिटि पुनगठन गरेको छ ।

देबिस्थानमा शनिबार भएको माओवादी केन्द्रका कार्यकर्ता भेलाले रबिन्द्र राणा अध्यक्ष र तुल नारायण पुन सचिब रहनुभएको १७ सदस्यीय वडा कमिटि पुर्नगठन गरेको हो । सोही भेलाबाट फरम गुरुङको संयोजकत्वमा १५ सदस्यीय वाइसीएलको वडा कमिटि गठन भएको छ ।

यसैगरी हिस्तानमा सुवेदार नन्दबहादुर गर्बुजा पुनको अध्यक्षतामा पुनगठन भएको वडा कमिटिमा भक्तबहादुर पुर्जा पुन, कबिता क्षेत्री, पवित्रा कुमारी पुन, बिना गर्बुजा पुन, राजकुमार सुनार, बिमल पुन, गोबिसा पुर्जा, बेलबहादुर तिलिजा, धनबहादुर पुन र बेकबहादुर पुर्जा रहनुभएको छ ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

देबिस्थानको भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र म्याग्दीका कार्यालय सदस्य रेशम जुग्जाली (सुबिन)ले संबिधान, गणतन्त्र, संघीयता, समावेशी ब्यवस्था, राष्ट्रियताको रक्षाका लागि अग्रगमन पक्षधरहरुको सहकार्यसँगै माओवादी शक्तिहरुको एकतामा जोड दिनुभयो ।

हिस्तानको भेलामा माओवादी केन्द्रका गाउँपालिका कमिटिका इञ्चार्ज वुद्धी पुन, सचिब पुर्ण पाइजाले केपी ओलीको खोक्रो राष्ट्रवाद, स्वच्छाचारी र तानाशाही कार्यशैली र असबैधानिक गतिबिधिले नेपालमा राजनीतिक अस्थिरता सिर्जना भएको, नेकपा एकता कायम हुन नसकेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले २०७७ पुष ५ गतेको प्रतिनिधिसभा बिघटन, सर्वोच्चले फागुन ११ गते गरेको संसद पुनस्थापना र २३ गते अदालतको फैसलाले नेकपा एकता भंग भएपछि म्याग्दीमा माओवादी केन्द्रले वडा तहसम्म पार्टी र जनवर्गीय संगठन ब्युताउँन अभियान चलाएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...