भगवति कोत मन्दिर शिलन्यास

Gandaki Ghumau

भगवति । म्याग्दीको ऐतिहासिक राखु भगवति कोत मन्दिर पुनःनिर्माणका लागि शनिबार शिलन्यास भएको छ ।

म्याग्दी क्षेत्र (क)बाट निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद बिनोद केसीले मन्दिरको शिलन्यास गर्नुभएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तरगतको पुरातत्व बिभागले रघुगंगा गाउँपालिका–२ मा रहेको भगवति कोतमन्दिरको पुननिर्माण गर्न लागेको हो ।

बिभागसँग ठेक्का सम्झौता गरेको मिलिजुली–किवेष्ट जेभीले नयाँ मन्दिर निर्माणका लागि पुरानो संरचना भत्काएर सकेपछि नयाँ निर्माणको काम थालेको छ । कर सहित रु. ६९ लाख ३० हजार ५६६ रुपैयाँमा २०७७ फागुन २३ गते ठेक्का सम्झौता भएको थियो । सम्झौतामा उल्लेखित २०७८ असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य सहित निर्माण सुरु गरेको मिलजिुली–किवेष्ट जेभीका सम्पर्क व्यक्ति राजिव ढुङ्गेलले बताउनुभयो ।

Shreekrishna

“मन्दिरको पुरानै स्वरुपलाई जोगाउने र भुकम्पपतिरोधी बनाउने गरि पुनःनिर्माण गर्न लागिएको हो,” उहाँले भन्नुभयो “भुकम्पप्रतिरोधि प्रविधि अवलम्बन गरि ढुंगा र काठकै सामग्री प्रयोग गर्ने डिजाइन तयार भएको हो ।” पुरानै शैलीमा निर्माण हुने मन्दिरमा सिमेन्ट र रडको प्रयोग गरिने छैन् । चुना, सुर्की, गिट्टी र बालुवा प्रयोग गरेर पर्खाल बनाइने मन्दिरको छाना ढुङ्गाको हुनेछ् ।

Gunasthariya Shiksya

बाइसे चौबिसे राज्यका पालामा १७ औ शताब्दीमा भगवतिमा मन्दिर निर्माण भएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष देबेन्द्रबहादुर मल्लले बताउनुभयो । भगवति कोत म्याग्दीका पुराना र ऐतिहाँसिक कोतको सूचीमा अगाडी छ । चैते र बडा दशैँको अवसरमा विषेश पुजा हुने हुने भगवति कोतमा अन्य समयमा दैनिक नृत्य पुजा हुन्छ । भगवति कोत शक्तिपिठ हो । दशैको पुजामा यहाँ बली चढाउने चलन रहेको मन्दिर ब्यवस्थापन समितिका सचिव कृष्ण मल्लले बताउनुभयो ।

धौलागिरी आईसफल पदमार्गले समेटिएको मन्दिर परिसरबाट कालिगण्डकी नदी, पुलाश्रम, पञ्चकोट संगै अन्नपुर्ण र निलगिरी हिमाललाई नजिकबाट नियाल्न सकिन्छ । यो क्षेत्रलाई धार्मिक, साँस्कृतिक तथा ऐतिहाँसिक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न जोड दिइएको वडा अध्यक्ष रिम कटुवालले बताउनुभयो ।

जिल्ला सदरमुकाम बेनीदेखि ४ कोष उत्तरमा कालिगण्डकी र रघुगंगा नदीको दोभानको शिरमा रहेको भगवति कोतमन्दिरमा पुग्न बेनी–गलेश्वर–पिप्ले–भगवती सडकको सहज पुहँच छ । पैदलयात्रा मार्फत पनि पुग्न सकिन्छ ।

तत्कालिन राखु भगवती र राखु पिप्लेकोे साझा कोतको रुपमा चिनिदै आएको यो मन्दिरको ईतिहास नेपाल एकिकरण हुनु अघिको तत्कालिन विभिन्न भुरे टाकुरे राजाहरु तथा १४ देखि १७ औँ शताब्दीका बाईसे चौबिसे राज्यका राजाहरुसंग जोडिएको इतिहाँस रहेको स्थानीय अगुवा हरी भण्डारीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...