हिंसा प्रभावितहरुको लागि बेनीमा स्थापना भएको अल्पकालिन सेवा केन्द्रको उद्घाटन

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, बेनी बजारमा हिंसा प्रभावितहरुको लागि अल्पकालिन सेवा केन्द्र सञ्चालन भएको छ ।

लैङ्गिक हिंसाबाट प्रभावितहरुलाई आश्रय र न्यायमा पहुँच बढाउन गण्डकी प्रदेश सरकारको सहयोगमा बेनी नगरपालिकाले केन्द्र सञ्चालन गरेको हो । बेनीको इन्द्रेणीटोलमा स्थापना भएको केन्द्रको आइतबार सामाजिक बिकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभयो ।

बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले लैङ्गिक हिंसाबाट प्रभावितहरुलाई केन्द्रमा निशूल्क खानेबस्ने ब्यवस्था मिलाइएको जानकारी दिनुभयो । “नगरपालिकाले सञ्चालन गरेपनि जिल्लाका सबै स्थानीय तहका नागरिकले सेवा लिन सक्छन,” उहाँले भन्नुभयो “कानुनी, मनोवैज्ञानिक, स्वास्थ्य सम्बन्धी परामर्शको ब्यवस्था गरेका छौ ।”

Shreekrishna

केन्द्र सञ्चालनका लागि उपप्रमुख बरुवालको संयोजकत्वमा प्रहरी, नगरपालिका, बेनी अस्पताल, सरकारी वकिल कार्यालयका प्रतिनिधी सदस्य रहेको समिति गठन भएको छ । गत आर्थिक वर्षमा सामाजिक बिकास मन्त्रालयले रु. पाँच लाख र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले रु. ३ लाख बिनियोजन गरेको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुबेदीले गत वर्ष प्राप्त बजेटबाट केन्द्रको संरचना र फर्निचर ब्यवस्थापन गरिएको बताउनुभयो । “मासिक रु. १३ हजार भाडा तिर्नेगरी घर भाडामा लिएर छ जना क्षमताको केन्द्र सञ्चालन गरिएको छ,” उहाँले भन्नुभयो “यस वर्ष सामाजिक बिकास मन्त्रालयले थप रु. दश लाख पठाएको छ । एक÷एक जना केन्द्र प्रमुख, सहयोगी र गार्डको तलब र आवास ब्यवस्थापनमा सो बजेट परिचालन हुन्छ ।”

हिंसाबाट प्रभावित भएकाहरुलाई परिवार र समाजमा पुर्नस्थापना नहुँदा सम्मका साथै न्याय प्रक्रियाका लागि प्रहरी, अदालती प्रक्रियाका समयमा केन्द्रमा आश्रय प्रदान गरिन्छ । कार्यबिधी अनुसार केन्द्रमा बस्नेलाई ४५ दिनभित्र न्याय सम्पादन गरि पुनस्थापना गर्नुपर्छ । समयमै न्याय पाउन नसक्नेलाई आयआर्जन मुलक क्रियाकलापका लागि रु. १५ हजार विउँपुजी समेत उपलब्ध गराउने ब्यवस्था छ ।

सरकारी वकिल मार्फत कानुनी र बेनी अस्पतालका चिकित्सक मार्फत मनोवैज्ञानिक परामर्श दिने ब्यवस्था मिलाइएको छ । मन्त्री पुनले गण्डकी प्रदेशका ८ जिल्लाका सदरमुकाममा अल्पकालिन सेवा केन्द्रका साथै प्रदेश राजधानी पोखरामा लैङ्गिक हिंसा पुनस्थापना केन्द्र सञ्चालन गर्न दुई तले भवन बनाएको बताउनुभयो ।

“हिंसा प्रभावितले सुरक्षित भएर न्याय पाउने वातावरण बनाउन अल्पकालिन सेवा र पुनस्थापना केन्द्र बनाएका हौ,” उहाँले भन्नुभयो “न्यायमा पहुँच बढाउन, परिवार र समाजमा पुनस्थापना गर्न सहज हुने उद्देश्य राखेका छौ ।”

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी र प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले आर्थिक अभाव, सामाजिक र सुरक्षाका कारण कोही पनि हिंसा प्रभावित न्यायिक प्रक्रियाबाट बञ्चित हुने अवस्था आउन नदिन केन्द्रले सहयोग पुग्ने बताउनुभयो । केन्द्रका प्रमुख रञ्जना श्रेष्ठले गत माघ महिनादेखि सञ्चालित केन्द्रबाट हालसम्म दुई जना महिलाले सेवा लिएका बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...