रेडक्रस सोसाइटीको साधारण सभा सम्पन्न

Gandaki Kotihome

बेनी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको २९ औ वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ ।

शाखा सभापति लेखबहादुर हमालको अध्यक्षतामा भएको सभाले मन्त्री यामबहादुर चोखालले प्रस्तुत गर्नुभएको प्रगति र कोषाध्यक्ष नवराज पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

साधारणसभामा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बिपद् ब्यवस्थापन, स्वास्थ्य र मानवीय सेवामा रेडक्रसको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै यसलाई थप प्रभावकारी बनाउन समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभयो ।

Upper Myagdi transmition line notice

मन्त्री चोखालले सञ्चालन र उपसभापति अमर बानियाले स्वागत गर्नुभएको कार्यक्रममा रेडक्रसका गण्डकी प्रदेश उपाध्यक्ष बिष्णु रोकाले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो । रेडक्रसले म्याग्दीमा तीन वटा एम्बुलेन्स, बेनी अस्पताल परिसरमा रक्तसञ्चार केन्द्र र दरवाङमा आँखा उपचार केन्द्र सञ्चालन गरेको छ ।

Annapurna aarohan ko notice

आइरिस रेडक्रस र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रघुगंगा गाउँपालिकाको चिमखोला, दग्नाम र बेगमा सामुदायिक जिबिकोपार्जन प्रर्वद्धन कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रमबाट एक हजार घरधुरी लाभान्वित भएका छन् ।

२२ वटा उपशाखा, ७५ वटा जुनियर रेडक्रस सर्कल, ३४ यशस्कर सदस्य, ११० बिशिष्ट सदस्य, तीन हजार २३१ ऋाजिवन सदस्य रहेका छन् । पछिल्लो पटक २०७६ जेठ ४ गते भएको जिल्लासभा पछि हालसम्म विपद्बाट प्रभावित ३८४ परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ ।

रेडक्रस र रघुगंगा गाउँपालिकाले बेनी अस्पतालमा उपचारका लागि आउने बिरामीलाई आवश्यक पर्ने रक्तसञ्चार केन्द्रबाट निशूल्क उपलब्ध गराउने र त्यसवापत गाउँपालिकाले रेडक्रसलाई वार्षिक एक लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता गरेका छन् ।

जिल्ला समन्वय समितिले पनि वार्षिक एक लाख रुपैयाँ उपलब्ध गराएको छ । रेडक्रस म्याग्दी शाखा अन्तरगत एम्बुलेन्स सेवा अक्षयकोषमा दश लाख ८० हजार २००, रक्तसञ्चार सेवा अक्षयकोषमा दुई लाख ८० हजार ०५९, आँखा उपचार सेवा कोषमा १३ लाख १९ हजार, विपद् ब्यवस्थापन कोषमा एक लाख ६० हजार ७०९ र कर्मचारी हित कोषमा चार लाख १९ हजार १४६ रुपैयाँ छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...