पत्रकार महासंघको सपथ ग्रहण

Gandaki Kotihome

बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको नव निर्वाचित कार्यसमितिका पदाधीकारी र सदस्यहरुलाई प्रमाणपत्र बितरणका साथै सपथ ग्रहण गराइएको छ ।

छैठो अधिवेशन अन्तरगत बुधबार भएको निर्बाचनबाट अध्यक्षमा प्रकाश पौडेल, उपाध्यक्षमा हरिकृष्ण गौतम, महिला उपाध्यक्षमा रुद्रकुमारी खत्री (मालति), सचिबमा सन्तोष गौतम, कोषाध्यक्षमा अमित बिश्वकर्मा, सहसचिवमा प्रमोद शर्मा, समावेशी सहसचिवमा साधन राम्जाली निर्वाचित हुनुभएको थियो ।

यसैगरी कृष्ण जिसी, कमल खत्री, सन्दिप खत्री, अमृत बास्कुने, सन्दिप शर्मा रिजाल, पदम बिश्वकर्मा, नजराना सिंह ठकुरी, जेनिसा पुरी र सुदर्शनकुमार श्रेष्ठ सदस्यमा निर्वाचित हुनुभएको थियो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

केन्द्रिय परिषद् सदस्य सविता बानियाँ र धु्रवसागर शर्मा निर्विरोध हुनुभएको छ । प्रदेश परिषद सदस्यमा आचार्य समूहका निर्मल खत्री, बिक्रम बोगटी, पौडेल समूहका अमर बानिया र देवीप्रसाद शर्मा निर्बिरोध हुनुभएको थियो ।

मुख्य निर्वाचन अधिकृत प्रेमबहादुर कार्कीले प्रमाणपत्र बितरणका साथ सपथ खुवाउनुभएको थियो । नवनिर्वाचित अध्यक्ष पौडेलले चुनावी प्रतिस्पर्धालाई प्रक्रियाको रुपमा लिन आग्रह गर्दै महासंघको संस्थागत बिकास, पत्रकारहरुको समस्या समाधान, क्षमता बिकास, अक्षयकोष स्थापना गर्ने बताउनुभयो ।

निवर्तमान अध्यक्ष तारानाथ शर्मा, पुर्व अध्यक्ष सुरत केसी, निवर्तमान सचिब गोरखनाथ सुबेदीले निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै पत्रकारिता पेशालाई थप जिम्मेवार, मर्यादित र सम्मानित बनाउनका साथै महासंघको संस्थागत बिकासका लागि कार्ययोजना बनाउन सुझाव दिनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...