रघुगंगाको ३३ प्रतिशत बजेट खर्च

Gandaki Kotihome

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ को करिब ९ महिनाको अवधिमा कुल ३३ प्रतिशत बजेट खर्च गरेको छ ।

कुल ४२ करोड २६ लाख ८९ हजार ९८७ रुपैयाँ बजेट बिनियोजन गरेको रघुगंगाले साउन देखि चैत दोस्रो हप्तासम्म १३ करोड ९० लाख २६ हजार १३९ रुपैयाँ खर्च गरेको हो । यो सामाजिक सुरक्षा भत्ता बाहेकको बजेट हो ।

पुजिगत तर्फ १३ करोड ८९ लाख ९४ हजार ७३८ रुपैयाँ मध्य २३.३३ प्रतिशत अथवा तीन करोड २४ लाख ३० हजार ११० रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

चालु तर्फ २८ करोड ३६ लाख ९५ हजार २४० रुपैयाँ बिनियोजन भएकोमा १० करोड ६५ लाख ९६ हजार अथवा ३७.५७ प्रतिशत खर्च भएको छ । पुजिगत शिर्षकको बजेट बिकास आयोजना तथा कार्यक्रममा परिचालन हुन्छ । चालु बजेट तलबभत्ता, प्रशासनिक काममा खर्च हुन्छ ।

शसर्त बजेट पनि चालुतर्फनै राखिएको हुन्छ । पुर्बाधारतर्फ ११० वटा योजना बनाएको रघुगंगाले ७० वटा योजनाको सम्झौता गरेको छ । मर्मतका १० वटा बाहेक २३ वटा योजना निर्माण सकिएको छ । तीन वटा झोलुङ्गे पुल निर्माणाधिन छन् ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा बहुउद्देश्यीय सभाहल र गलेश्वर–मौवाफाँट सडक ठेक्का मार्फत कार्यान्वयनमा लगिएको छ । झिँ–पाखापानी सडक कालोपत्रे गर्न ठेक्का आव्हान गरिएको छ ।

सडक निर्माण, स्तरोन्नति, खानेपानी, सिचाई, भवन, खेलमैदान, पहिरो रोकथाम, पदमार्ग निर्माण सम्बन्धी योजना धेरै छन् । काम सकिएका योजनाहरुको प्राबिधिक नापजाँच, अनुगमनसँगै भुक्तानीको प्रक्रियामा रहेकाले चैत महिनादेखि बजेट खर्चको दर बढ्ने प्रशासकीय अधिकृत सुबेदीले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...