मंगलामा एकिकृत शिक्षक संगठनको २५ बुदे माग सहितको ज्ञापनपत्र

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । एकिकृत अखिल नेपाल शिक्षक संगठनले बिहीबार मंगला गाउँपालिकामा विभिन्न पेशागत तथा शैक्षिक बिषयसँग सम्बन्धित २५ बुदे माग सहितको ज्ञापनपत्र बुझाएको छ ।

संगठनका जिल्ला अध्यक्ष हुमनाथ पाण्डे र पालिका कमिटिका अध्यक्ष गमबहादुर खत्रीको टोलीले गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी, प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गाना, शिक्षा अधिकृत र संयोजकलाई ज्ञापनपत्र बुझाएको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

न्युन तलबमा काम गरिरहेका बिद्यालय कर्मचारीहरुको समयअनुकुल तलब बृद्धीको पहल गर्नुपर्ने, स्थानीय तहमा शिक्षा सम्बन्धी कार्यहरु सञ्चालनका लागि सबै शिक्षक संगठनको प्रतिनिधित्वमा सामाजिक संवाद समिति बनाउनुपर्ने, कक्षागत र भौगोलिक आधारमा दरबन्दि मिलान अघि बढाउनुपर्ने, निजी बिद्यालयको शूल्क नियमन गर्नुपर्ने, निजी बिद्यालयका शिक्षकलाई तोकिएको तलब उपलब्ध गराउनुपर्ने, शिक्षक मैत्री वातावरण बनाएर दरबन्दी मिलान गर्नुपर्ने लगायतका माग रहेका छन् ।

Shreekrishna
अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...