मंगलामा योजना कार्यान्वयन धमाधम (भिडियो खबर सहित )

Gandaki Ghumau

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ मा १३५ वटा पुर्बाधार योजना सञ्चालन गरेको छ ।

बजेट बिनियोजन भएका योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियाको साथै उपभोक्ता समिति गठन गरेर कार्यान्वयन गरिएको गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले सबै योजनाको सम्झौता भइसकेको जानकारी दिनुभयो ।

“ठूला योजना ठेक्का र साना उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिएको छ,” उहाँले भन्नुभयो “२५ प्रतिशत योजनाको भुक्तानी भइसकेको छ । त्यतीनै संख्याका योजना निर्माण सकेर अन्तिम किस्ता भुक्तानीका लागि अनुगमनको चरणमा छन् ।”

Shreekrishna

सडक निर्माण, स्तरोन्निति, भवन, सिचाई, खानेपानी, नदी तथा पहिरो नियन्त्रण, खेलमैदान निर्माण सँग सम्बन्धित योजना धेरै छन् । ८ वटा योजना ठेक्का प्रक्रिया मार्फत कार्यान्वयनका लागि निर्माण ब्यवसायीसँग सम्झौता भएको छ ।

रु. तीन लाख भन्दा कम बजेटका योजनाको पेश्कि नदीने र काम सकिएपछि एकै पटक भुक्तानी गर्ने नीति लिएको छ । उपाध्यक्ष सिर्जना केसीले कुहुँ, बरंजा र अर्मनका अधिकांश योजना निर्माण सकेर अन्तिम किस्ता भुक्तानीका लागि जनप्रतिनिधि र प्राबिधिकहरुको टोलीले अनुगमन सुरु गरेको बताउनुभयो ।

चालु आर्थिक वर्षमा कुल रु. ४२ करोड आठ लाख ८४ हजार बिनियोजन भएकोमा २०७७ फागुन मसान्त सम्म ३०.२७ प्रतिशत अथवा रु. १२ करोड ७४ लाख २५ हजार बजेट खर्च भएको छ ।

Gunasthariya Shiksya

लेखापाल लेखनाथ अधिकारीले आठ महिनाको अवधिमा चालु तर्फ ४२.५ र पुँजिगत तर्फ १७.४५ प्रतिशत बजेट खर्च भएको बताउनुभयो । चालु तर्फ रु. २१ करोड ५४ लाख ८६ हजार बिनियोजन भएकोमा रु. नौ करोड १५ लाख ७९ हजार खर्च भएको छ ।

पँुजिगत तर्फ रु. २० करोड ५३ लाख ९८ हजार बिनियोजन भएकोमा रु. तीन करोड ५८ लाख ४५ हजार खर्च भएको छ । काम सकेका योजनाहरुको भुक्तानी सुरु गरिएकाले चैत देखि पँुजिगत खर्चको दर बढ्ने प्रमुख प्रशासकीय अधिकृत ढुङ्गानाले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बैशाख महिना अघिनै योजना सम्पन्न गर्ने लक्ष्य सहित कार्यान्वयनलाई तिब्रता दिएको बताउनुभयो । योजनाहरुलाई गुणस्तरीय र प्रभावकारी बनाउन प्राबिधि टोली सहित छड्के अनुगमन पनि गरिरहेको उहाँले बताउनुभयो ।

गाउँपालिकाको वडा न. ३ र ४ मा पर्ने बरंजा लगायत अन्य वडाका बस्तीहरु जोड्ने सडकलाई गौरवका आयोजनाको रुपमा कार्यान्वयनमा लगेको छ । पुलचोक–पाखु–धारा–सिर्कुम सडक स्तरोन्नतिका लागि रु. ६९ लाख, ९२ हजार ५६ मा आचार्य निर्माण सेवासँग ठेक्का सम्झौता भएको छ ।

बाबियाचौर–काफलचौर–सल्यान–हिदी सडक आयोजना निर्माणका लागि मंगला कन्ट्रक्सनसँग रु. ३० लाख आठ हजार ५३३ मा सम्झौता भएको छ । वडा न. ३ र ४ मा पर्ने बरंजालाई पालिकाको केन्द्र बाबियाचौर जोड्ने पोक–बरंजा सडक स्तरोन्नतिका लागि रु. दुई करोड ८० लाख ९८ हजार ३२४ मा देब एण्ड सायर–तिलक जेभीसँग ठेक्का सम्झौता गरेको छ ।

सिम–कोत्रवाङ–कुहँु–अधेरीखोला–पूर्णगाउँ हुदै टोड्के जोड्ने सडक स्तरोन्नतिका लागि रु. ६८ लाख ४८ हजार ४५७ मा सोमरस निर्माण सेवाले ठेक्का लिएको छ । बरंजा जोड्ने सडकको ठेक्कामा बचेको रु. ५३ लाखको काम गर्न अर्को ठेक्का आव्हान गर्ने तयारी गरेको छ ।

प्रदेश सरकारले शसर्त अनुदान शिर्षकमा रु. पचास लाख बिनियोजन गरेको बरंजा देखि धापुङ सिले हुदै अर्गल जोड्ने अर्को सडक आयोजना ठेक्का प्रक्रियामा छ । १० शैया क्षमताको अर्मन प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि ठेक्का आव्हान गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...