मंगलाका सबै पशुलाई खोप लगाइने

Shreekrishna hardware

बेनी । म्याग्दीको मंगला गाउँपालिकामा पशुको पूर्ण खोप अभियान सुरु भएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र म्याग्दीले मंगला गाउँपालिकासँगको समन्वयमा कृषकले पालेका सबै पशुहरुलाई गोठमै पुगेर खोप लगाउन थालेको हो । बाबियाचौरमा मंगलबार शुभारम्भ गरिएको अभियान अन्तरगत बिहीबारदेखि पशु सेवा र स्वास्थ्य प्राबिधिकहरु पशुलाई खोप लगाउन परिचालन हुने भएका छन् ।

गाई, भैसी, भेडा, बाख्रा, कुकुर, बंगुरलाई लाग्ने विभिन्न रोगका बिरुद्ध निशूल्क खोप लगाउन लागिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका पशु सेवा प्राबिधिक सुभास रेग्मीले बताउनुभयो ।

Shreekrishna

“खोप लगाएर पशुलाई रोगबाट बचाउने, पशुधनको सुरक्षा, मानवीय असर र हानी कम गरि गुणस्तरीय पशुजन्य बस्तुको उत्पादन गर्ने उद्देश्यले अभियान सुरु गरेका हौ,” उहाँले भन्नुभयो “अभियानले कृषकहरुलाई मानिसलाई जस्तै पशुहरुलाई पनि विभिन्न रोगबाट बचाउन खोप लगाउनुपर्ने सन्देश पनि प्रवाह हुने अपेक्षा गरेका छौ ।”

Ban devision notice

गाईभैसीलाई खोरेत, भ्यागुते र चरचरे, कुकुरलाई रेबिज, बंगुरलाई स्वाइन फिबर, भेडाबाख्रालाई पिपिआर बिरुद्धको खोप लगाउन लागिएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख इन्द्रबहादुर भट्टले मंगला गाउँपालिकाका ५ वटै वडाका कृषकले पालेका १३ हजार ६०० भन्दा बढी पशुलाई खोप लगाउने लक्ष्य रहेको बताउनुभयो ।

पाँच वटा वडामा पशुलाई खोप लगाउन १० जना प्राबिधिक परिचालन भएका छन् । खोप सहित प्राबिधिकहरु कार्यक्षेत्रमा खटिएका हुन् । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी, प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गाना, भूमी ब्यवस्था तथा कृषि मन्त्रालयका पशु बिकास अधिकृत सहदेव पौडेलको उपस्थितिमा अभियान सुरु गरिएको थियो ।

पशुलाई खोप लगाएका कृषकलाई कार्ड उपलब्ध गराइने भएको छ । गण्डकी प्रदेशको भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ११ वटै जिल्लाका एक÷एक वटा स्थानीय तहमा पशुलाई पूर्ण खोप लगाउने कार्यक्रम सञ्चालन गरेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...