बिरुवा बेच्ने बाहनामा कृषकलाई ठगी

Shreekrishna hardware

साजन परियार
धाइरीङ, ५ चैत । पर्वतको जलजला गाउँपालिकाका कृषकहरुलाई बिरुवा बेच्ने बाहनामा एक कम्पनीले ठगी गरेको छ ।

चितवनको भरतपुरमा कार्यालय रहेको धनलक्ष्मी बायो टेक्नोलोजी प्रा.लीका प्रतिनिधिहरुले बिरुवा उपलब्ध गराउने बाहनामा कृषकहरुबाट जथाभावी पैसा उठाएका हुन् । तीन महिनाअघिदेखि धाइरीङ, नाग्लीवाङ, फट्केढुङ्गा, बेनी नगरपालिकाको सारेमारे क्षेत्रका कृषकबाट पैसा संकलन गरिरहेका कम्पनीका कर्मचारीहरुले अहिलेसम्म बिरुवा उपलब्ध गराएका छैनन् ।

फागुनमा घरघरमा बिरुवा ल्याएर बाँड्ने भनेका उनिहरुले ५÷६ जनाको दरले कृषकलाई समूहमा आवद्ध गराएका छन् । प्रति सदस्य एक हजार देखि सात हजार रुपैयाँसम्म पैसा उठाएका छन् । उनिहरुले उपलब्ध गराउने भनेको सुन्तला, केरा, कागति जातका बिरुवाको मूल्य बजार भाउ भन्दा धेरै गुणा बढी छ ।

Shreekrishna

महँगो मूल्य तोकिएको र भनेको समयमा बिरुवा ल्याउन नसकेपछि कृषकहरुले ठगिएको भन्दै गुनासो गर्न थालेका धाइरीङका वडा अध्यक्ष टुङ्गनाथ शर्माले बताउनुभयो । ठगी नियन्त्रण गर्न गाउँपालिका र कृषि ज्ञान केन्द्रलाई जानकारी गराउने उहाँले बताउनुभयो ।

बिरुवा ल्याएर कृषकलाई उपलब्ध गराउन नसकेपनि कम्पनीका प्रतिनिधिहरुले टोल टोलमा पुगेर आश्वासन बाड्दै कृषकबाट पैसा उठाउने कामलाई निरन्तरता दिएका छन् । पिडित कृषकहरुका अनुसार कम्पनीका प्रतिनिधिहरुले करिब दश लाख रुपैयाँ संकलन भएका छन् ।

Ban devision notice

कृषि ज्ञान केन्द्र र गाउँपालिकाले तोकेको जिल्ला दररेट भन्दा बढी मुल्यमा बिरुवाको अडर लिई पैसा लगेर बिरुवा नल्याएको जलजला गाउँपालिका–७ धाइरीङका एक कृषकले बताउनुभयो । “छोटो समयमै धेरै उत्पादन र आम्दानी गर्न सकिने भ्रममा पारेर पैसा उठाएका छन्,” उहाँले भन्नुभयो “एउटै केराको बिरुवाको मूल्य २१ सय रुपैयाँ सम्म तोकेका छन् ।”

गाउँलेलाई रोजगारी समेत दिने प्रलोभनमा पारेर प्रतिबन्धित नेर्टवकिङ शैलीमा समूह बनाउने र पैसा उठाउने गरेका छन् । बिरुवाको दर रेट बिनाको रसिद बुझाई पैसा अशुली गरेका छन् । कृषकले म बिरुवा लगाउदिन पैसा फिर्ता दिनु भन्दै माग्न जादा तपाइको पैसा फिर्ता हुदैन कि सामन लैजानु कि पैसा फिर्ता आउदैन भन्ने जवाफ दिन थालेका छन ।

“मलाई केही थाह भएन, १५ हजार को अडर बनाइदिनु भाको रहेछ, दुई हजार पैसा लैजानु भयो । १३ हजार दिन बाकी छ । त्यो पैसा कसरी तिर्ने ? २ हजार माग्दा दिदैनन् । घरमा चामल छैन । त्यो २ हजार दिए चामल किन्न हुन्थ्यो । पैसा फिर्ता हुदैन भन्दै जवाफ दिए,” एक कृषकले बतानुभयो ।

कम्पनीका व्यवस्थापक डम्बर कार्कीले आफू डिउटी भन्दा बाहिर भएको भन्दै पन्छिन खोज्नुभयो । “सरकारी निकायमा दर्ता भएको र जलजला गाउँपालिकाबाट अनमति लिएको कम्पनी हो,” उहाँले भन्नुभयो “सबै कुरा उतै गयर बुज्नु । मैले धेरै कुरा बताउन मिल्दैन् ।”

जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बढी मूल्य लिएर प्रतिबन्धित नेर्टवर्किङ शैलीमा बिरुवा बेच्न कसैलाई अनुमति नदिएको बताउनुभयो । “कुनै पनि व्यबासायिले दर्ता गरेपछि देशभर आफ्नो ब्यापार गर्न पाउँछ तर तर जबरजस्ती चर्को मुल्यमा बिक्री गर्नु सरासर ठगी हो,” उहाँले भन्नुभयो ।

गाउँपालिकाको कृषि शाखाका प्रमुख राजु गौतमले कृषकलाई सरकारी जिल्ला दररेट भन्दा बढी मुल्यमा सामान बेच्नु गलत र ठगी भएको बताउनुभयो । “भूगोल र वाताबरण अनुकुल बिरुवा लगाउनुपर्छ,” उहाँले भन्नुभयो “कृषकलाई आवश्यक परेमा गाउँपालिकाको कृषि शाखा र कृषि ज्ञान केन्द्रले अनुदानमा बिरुवा उपलब्ध गराउँछ । महँगोमा किन्नुपर्दैन् ।”

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...