बेनीमा जनगणना कार्यालय स्थापना

Gandaki Kotihome

बेनी । बेनीमा आइतबार जिल्ला जनगणना कार्यालय स्थापना भएको छ । आसन्न राष्ट्रिय जनगणना २०७८ लाई लक्षित गरेर शिक्षा बिकास तथा समन्वय इकाइको भवनमा कार्यालय स्थापना गरेको हो ।

कार्यालयको जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर कटुवालले उद्घाटन गर्नुभयो । कार्यालयबाट जनगणना सम्बन्धी प्रशासनिक गतिबिधि गरिने जनगणना अधिकारी घनश्याम सापकोटाले बताउनुभयो ।

आगामी २०७८ जेठ २६ देखि असार ८ गतेसम्म देशभर जनगणना हुदैछ् । जनगणनाका लागि अनलाइनबाट सुपरिवेक्षक र गणक छनौट गर्न आवेदन संकलन भइरहेको छ । म्याग्दीमा १८० जना गणक र ४२ जना सुपरिवेक्षक परिचालन गरिने जनगणना अधिकारी सापकोटाले बताउनुभयो ।

Upper Myagdi transmition line notice

गणकका लागि दश जोड दुई र सुपरिवेक्षकका लागि स्नातक तहको योग्यता तोकिएको छ । यसअघि शिक्षकहरुलाई जनगणनामा परिचालन गरिदै आएको थियो । यस वर्ष भने आम नागरिकबाट आवेदन संकलन गरेर जनगणनामा खटाउने तयारी भएको छ । सुपरिवेक्षकहरुले २०७८ बैशाख २६ देखि जेठ १४ गतेसम्म खटिने भएका छन् ।

Annapurna aarohan ko notice

आगामी जनगणनामा विपद् र घरको अवस्था लगायतका बिषयमा पनि विवरण संकलन गरिने भएको छ । जनगणनालाई सफल बनाउन जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षको नेतृत्वमा चार वटा संयन्त्र बनाइएको छ ।

मंगला, मालिका र धवलागिरी गाउँपालिकामा जनगणना सम्बन्धी गतिबिधि सञ्चालन गर्न दरवाङमा पनि कार्यलय स्थापना गर्ने तयारी भएको छ । शिक्षा बिकास तथा समन्वय इकाईका प्राबिधिक केशबहादुर बुढाथोकीलाई सहायक अधिकारीको जिम्मेवारी तोकिएको छ ।

कार्यक्रममा जिसस प्रमुख कटुवाल, बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुबेदी, पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्माले संघीय ब्यवस्था लागु भएपछि पहिलो पटक हुन लागेको जनगणनाको धेरै महत्व भएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले नागरिक र समाजको अवस्था पहिचानका साथै जनगणनाको तथ्याङ्कको बिकास, सेवा प्रवाहमा पनि महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...