घोडेपानी–प्यारीबाराही जोड्ने नयाँ पदमार्ग

Gandaki Ghumau

घोडेपानी, म्याग्दीको पर्यटकीय स्थल घोडेपानी देखि प्यारीबाराही ताल जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले पहिचान गरेको घोडेपानी–प्यारीबाराही ताल पदमार्गमा प्रदेश सरकारले पुर्बाधार निर्माण सुरु गर्न लागेको हो । घोडेपानी अन्नपूर्ण गाउँपालिकाको वडा न. ६ र प्यारीबाराही ताल वडा न. ७ मा अवस्थित छ ।

घोडेपानी भ्रमणमा आउने पर्यटकको बसाई लम्बाउन प्यारीबाराही ताल जोड्ने पदमार्ग पहिचान गरेर पुर्बाधार निर्माण सुरु गर्न लागेको उपभोक्ता समितिका अध्यक्ष शुशिल पुनले जानकारी दिनुभयो ।

Shreekrishna

“घोडेपानी देखि प्यारीबाराही ताल जोड्ने साइकल र पोन्नी ट्रेक (घोडा हिड्ने) मार्गको साथै चरा अबलोकन स्थाल बनाउन लागिएको हो,” उहाँले भन्नुभयो “चालु आर्थिक वर्ष भित्रनै निर्माण सक्ने गरि उपभोक्ता समिति गठन गरेर कार्यान्वयनको प्रक्रिया अघि बढाएका छौ ।”

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले घोडेपानी–प्यारीबाराही पदमार्गमा पुर्बाधार निर्माणका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले रु. बीस लाख बिनियोजन गरेको बताउनुभयो ।

फरक–फरक ठाउँमा निर्माण गरिने डेढ मिटर फराकिलो पदमार्गको दुरी तीन÷तीन किलोमिटरको हुनेछ् । लालिगुराँसको घना जंगलको बिचमा समथर चौर भएको तल्लो र उपल्लो कालीसार भन्ने ठाउँमा चरा अवलोकन स्थल बनाउन लागिएको छ ।

Gunasthariya Shiksya

सो स्थलबाट गुराँसे जंगलको पृष्ठभूमिमा धौलागिरी, अन्नपूर्ण रेञ्जका हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । यसैगरी कालीसार र भालखारामा पर्यटक चढ्ने घोडा बाध्ने टबेला बनाउने योजना छ ।

डिभिजन कार्यालय म्याग्दी मार्फत योजना कार्यान्वयन गर्न लागिएको छ । घोडेपानी आसपासका सम्भावित नयाँ पर्यटकीय गन्तब्य स्थानमा पुर्बाधार बिकास गरेर पर्यटकको बसाई लम्बाउने उद्देश्य रहेको कार्यालयका निमित्त डिभिजनल वन अधिकृत सन्तोष खनालले बताउनुभयो ।

घोडेपानी र प्यारीबाराही क्षेत्रमा गण्डकी प्रदेशमा ठूलो गुराँसको जंगल छ । यहाँको जंगलमा डाँफे, कालिज, मृग, चितुवा, घोरल लगायत वन्यजस्तुको बसोबास छ । जैबिक बिबिधताका हिसाबले पनि यो पदमार्ग आकर्षक छ ।

पुर्बाधार तयार भएपछि घोडेपानीबाट पर्यटकहरु घोडा र साइकल दुबै चढेर प्यारीबाराही ताल जान आउन सक्छन् । जंगलको बिचमा रहेको प्यारीबाराही तालको धार्मिक तथा पर्यटकीय सम्भावना छ । तालमा हिमालको छायाँ देखिन्छ ।

प्यारीबाराही ताल वरपर फुट टे«ल बनाउन डिभिजन वन कार्यालयले घराम्दी सामुदायिक वन उपभोक्ता समूहसँग सम्झौता गरेको छ । ३६० मिटर लामो पदमार्ग बनाउने लक्ष्य छ । पदमार्ग निर्माणका लागि उपभोक्ता समूहलाई रु. तीन लाख ८४ हजार उपलब्ध गराइने सहायक बन अधिकृत नरबहादुर क्षेत्रीले बताउनुभयो ।

जनैपुर्णीमा पर्वमा यहाँ पुजाआजा गरेमा मनोकाक्षा पुरा हुने विश्वासका साथ मेला लाग्ने गर्छ । करिब दुई सय मिटर लम्बाई र एक सय मिटर चौडाईमा गोलो आकारमा फैलिएको ताल आकर्षक छ । तालमा खस्ने पात एउटा चराले टिपेर फाल्ने गरेको स्थानीयबासी बताउँछन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...