सिंगा तातोपानीमा स्नान गर्नेको घुइँचो (भिडियो खबर )

khali

तातोपानी । करिब एक बर्षपछि खुलेको म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ । तातोपानी कुण्ड प्राकृतिक उपचार स्थलको रुपमा परिचित ठाउँ हो ।

कोरोना(भाइरस)को जोखिम र रोकथामका लागि गरिएको लकडाउनका कारण सुनसान बनेको थियो । तातोपानी स्नान गर्नेहरुको केही समयदेखि घुइचो लागेको छ । २०७६ चैत पहिलो हप्तादेखि बन्द भएको तातोपानी २०७७ माघ १ गतेदेखि खुला गरिएको थियो ।

बन्दाबन्दी हुनु अघिकै संख्यामा पाहुनाहरु स्नानका लागि आउन थालेका सिंगा तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताउनुभयो । ‘कोरोना पछि यति धेरै मानिसहरु आउँछन जस्तो लागेको थिएन्,’ उहाँले भन्नुभयो ‘फागुन महिनाको २२ गते बिहानसम्म दुई हजार ६५० जनाले स्नान गरेका छन् ।’

Shreekrishna hardwear in news

समितिको तथ्याङ्ग अनुसार हाल तातोपानी कुण्डमा दैनिक एक हजार ५०० जनाले स्नान गरेका छन् । चाप बढेकाले तीन वटा समूह बनाएर स्नान गर्ने ब्यवस्था मिलाइएको छ । म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौ लगायत देशका सबै जसो जिल्लाबाट स्नान गर्न आएका अध्यक्ष शाक्यले बताए ।

तातोपानी बजारका होटल र घरबास पाहुनाले भरिभराउ भएका होटल ब्यवसायी कुमार केसीले बताउनुभयो । दुई सय घरधुरी भएको तातोपानीमा दश वटा होटल छन् । सबैजसो घरमा घरबास सुबिधा छ । होटलसँगै र ब्यापार ब्यवसाय पुरानै लयमा फर्किएको केसीले बताउनुभयो ।

ज्वरो, रुघाखोकी नभएकालाई मात्र कुण्डमा स्नान गर्न दिइएको छ । मास्कको प्रयोग अनिवार्य प्रयोग गर्नुपर्ने मापदण्ड बनाएको छ । म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सीयस तातोपानी संकलन गरीएको छ । तलाउमा एक पटकमा ३५० देखि ४०० जनाले स्नान गर्न सक्ने क्षमता छ ।

khali

कोठाभित्र स्नान गर्न मिल्न बाथटप र एक, दुई पटक स्नान गर्नेहरुका लागि थप १०० जना क्ष्ँमताको अर्को दुई वटा पोखरी बनाइएको छ । ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, खाना रुची नहुने लगायतका स्वास्थ्य समस्या निको हुने भएकाले तातोपानीमा स्नान गर्न आएको बागलुङ नगरपालिका–५ मालिकाका शिव आचार्यले बताउनुभयो ।

ग्याँस्ट्रिक, बाथरोथ (युरिकएसिड), ढाड दुख्ने, छाला सम्बन्धि विबिध रोग, सुन्निएको, बज्रीएर चोट लागेको, मर्किएको, पेट सुन्निने, गलगाँड र एसाइटिस जस्ता स्वास्थ्य समस्या निको हुने गरेको बिरामीहरुले बताउँछन् ।

यस स्थानमा वीरेनून र गन्धन (सल्फर) तत्व सहितको ४५ देखि ५७ डिग्री सेल्सीयस तातोपानी निस्कने मुहान रहेको छ । गन्धक आँफैमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुने अध्यक्ष शाक्यले बताउनुभयो ।

एक दिनमा दुई पटक दुई÷दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्कीएर पाँच–दश मिनेटसम्म पछ्यौरा, बलाङंकेट, पलास्टीक, काम्लो आदी न्याना कपडा ओढेर शरिरबाट चितचित पसिना निस्कदा सम्म विश्राम गरिन्छ ।

तातोपानी कुण्डमा पुरुष र महिलाहरुका लागि फरक फरक समय तालिका बनाइएको छ । रु. ३५० दिनसम्म स्नान गर्न पाईन्छ । गत आर्थिक वर्षमा बिरामीको प्रवेश शूल्क र चन्दा सहयोग गरेर समितिलाई कुल रु. एक करोड २१ लाख आम्दानी भएको थियो ।

तातोपानी कुण्डमा बिशेष गरेर असोज, कात्तिक, माघ, फागुन र चैत महिनामा मानिसहरुको घुँईचो लाग्ने गर्छ । कुण्डको आम्दानीले कर्मचारीको तलब, व्यवस्थापन, पूर्वाधार निर्माणका साथै स्थानीय सरस्वती माविका ११ जना निजी स्रोतका शिक्षकलाई तलबभत्ता उपलब्ध गराइएको कुण्ड व्यवस्थापन समितिका कोषाध्यक्ष तुलप्रसाद श्रेष्ठले बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...