रुमकी मृगौला पिडितलाई सहयोग अपिल

Shreekrishna hardware

भुपेन्द्र दर्जी
रुम । म्याग्दीको मालिका गाउँपालिका–२ रुमकी मृगौला पीडित सन्जीता श्रीपालीले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ ।

दुबै मृगौलाले काम गर्न छाडेपछि पोखराको गण्डकी अस्पतालमा भर्ना भएकी २२ बर्षीया श्रीपालीको उपचारमा आर्थिक अभाव भएको छ । उनको उपचारका लागि स्वदेश तथा बिदेशबाट आर्थिक सहयोग प्राप्त हुन थालेको छ । स्थानीय भूपेन्द्र दर्जी र दनीअल रसाइलीको अगुवाइमा आर्थिक संकलन अभियान चलाइएको छ ।

Shreekrishna

धनबहादुर रसाइलीको नेतृत्वमा बहराइनबाट ५८ हजार आठ सये, राम रसाइलीको नेतृत्वमा दुबईबाट १२ हजार ८००, तारा रसाइलीको नेतृत्वमा बहराइनबाट ४२ हजार ६०० र साइप्रसमा रहेकी कुमारी श्रीपालीको अगुवाइमा १५ हजार २२५ रुपैयाँ सहयोग प्राप्त भएको छ ।

Ban devision notice

साइप्रसमै रहनुभएकी सञ्जु बिक र सपना श्रीपालीले छ हजार ६६६, मलेसियामा रहेका किशोर बिकको पहलमा १६ हजार ११४, कुबेतमा रमेश बिकको पहलमा ११ हजार ४७२ र मालिका गाउँपालिकाले बीस हजार रुपैयाँ सहयोग गरेका छन् ।

खिम हर्मेलको नेतृत्वमा कतारबाट ४७ हजार ९२८, दिलमाया बिटालुको नेतृत्वमा १२ हजार ३७७, साउदीमा सन्तोष दर्जीको अगुवाइमा २० हजार ६२०, दिनेश श्रीपाली मार्फ २० हजार ९१३, मिलन श्रीपालीको नेतृत्वमा १५ हजार, ताकमकी सुनिता घतानेको पहलमा दुई हजार पाँच सय, रुमका बिद्यालय तथा बिभिन्न व्यक्ति र समूहले ६१ ह्जार ५०४ रुपैयाँ सहयोग गरेका छन् ।

सञ्जिताका श्रीमान गेहेन्द्र श्रीपालीले परिवारको कमजोर आर्थिक अवस्थाका कारण चन्दा सहयोग जुटाएर श्रीमतिको उपचार गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँका अनुसार हप्तामा बीस हजार रुपैयाँ खर्च हुन्छ । आम्दानीको स्रोत छैन् ।

संकलित रकम मध्य अब ५० हजार रुपैयाँ मात्र बाँकी छ । श्रीपाली दम्पत्तिका एक छोरा र एक छोरी छन् । खेतीकिसानी र ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्दै आएका थिए । मृगौला प्रत्यारोपण गर्न १८ लाख रुपैयाँ आवश्यक पर्ने चिकित्सकले बताएका छन् । सहयोगीहरुलाई धन्यवाद दिदै श्रीपालीले थप सहयोगको अपिल गर्नुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...