ताकममा नेकपाको प्रचण्ड नेपाल समूहको सभा

Gandaki Kotihome

ताकम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले शनिबार धवलागिरी गाउँपालिका–७ ताकममा आभसभा गरेका छन् । पछिल्लो राजनीतिक अवस्थाको बिषयमा आफ्नो समूहको धारणा कार्यकर्ता र जनतासमक्ष पु¥याउने नेकपाको प्रचण्ड–नेपाल समूहको गाउँपालिका कमिटिले सभाको आयोजना गरेको हो ।

सभालाई सम्बोधन गर्नुहुदै नेकपाका जिल्ला अध्यक्ष गोबिन्द पौडेलले बिदेशीको इशारामा जनमतको अपमान गर्दै संसद बिघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्चले संसद पुनस्थापनाको पक्षमा फैसला गरेपछि सरकारमा बस्ने नैतिक अधिकार नभएको टिप्पणी गर्नुभयो ।

Shreekrishna hardwear in news

बिधी, बिधान, पद्धती, संबिधान बिपरित स्वच्छाचारी दंगले ओलीले गरेको संसद बिघटनलाई सर्वोच्चको फैसलाले असंबैधानिक ठहर गरेपनि उनको गलत प्रवृतिको अन्य गर्न अझै लडाई भइरहेको बताउनुभयो ।

“सर्वोच्चको फैसलाले संबिधानको रक्षा र जनमतको सम्मान भएको छ,” उहाँले भन्नुभयो “कम्युनिष्टको खोल ओडेर बिदेशिको इशारामा प्रतिगामी काम गर्ने, भ्रष्ट्राचारीको संरक्षण र भाषणमा राष्ट्रबादको आदर्श छाटेर ब्यवहारमा राष्ट्रघाति काम गर्ने ओली प्रवृत्तिको बिरुद्धमा अझै लडाई बाँकी छ ।”

Notice about ban dadalo

नेकपाका सचिव बालकृष्ण सुबेदीले आफ्नो गुट र स्वार्थ समूहको लागि प्रधानमन्त्री ओलीले पार्टीको घोषणापत्र र प्रतिवद्धता बिपरित राजनीतिक अस्थिरता सिर्जना गरेर पार्टी र नेतालाई दोष दिएर उम्कन नपाउने बताउनुभयो । एमाले र माओवादी पार्टी अस्तित्वमा नरहेको अवस्थामा अहिले पुर्ववत पार्टीका कार्यकर्ता आफ्नो आफ्नो ठाउँमा फर्किएको भन्ने भ्रममा नपर्ने आग्रह गर्नुभयो ।

“पुर्ब एमाले एमाले एकातिर, पुर्व माओवादी माओवादी एकातिर भन्ने भ्रममा नपर्नुहोला,” सुबेदीले भन्नुभयो “बहुमत केन्द्रिय सदस्य रहेको हाम्रो समूहले पार्टीको नाम र चुनाव चिन्हको आधिकारिकता पाउँछ । प्रधानमन्त्री पदका लागि जबजको सिद्धान्त त्याग्ने ओलीनै हुन् ।”

नेकपा म्याग्दीका कार्यालय सदस्य रेशम जुग्जाली र राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य कृष्णकुमार बिश्वकर्माले सत्यको पक्षमा उभिदै नेताको दास नबन्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । “यहाँका जनप्रतिनिधिहरुले सत्ताको आडमा धेरै चुरिफुरी नदेखाउनुहोला,” नेताद्धयको चेतावनी थियो “हैसियत बिर्सीएर चलखेल गर्नेहो भने हामीले पनि हिसाब किताब देखाइदिन्छौ ।”

धवलागिरी गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले सत्ता र शक्तिको दुरुपयोग नगर्न चेतावनी दिदै गलत प्रवृत्तिसँग गाउँपालिकामा पनि लडाई लडिरहेको बताउनुभयो ।

नेकपा धवलागिरी गाउँपालिका कमिटिका अध्यक्ष खुमनाथ सुबेदीको अध्यक्षता, सचिव देउप्रसाद छन्त्यालको सञ्चालन र जिल्ला सदस्य किरन थापाको स्वागतमा सम्पन्न कार्यक्रममा कम्युनिष्ट नेता जयन्त्र केसीले अहिलेको अवस्थामा प्रचण्ड नेपाल समूहले अगालेको नीति सहि भएकाले जनताले साथ दिनुपर्ने बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...