प्रतिनिधिसभा बिघटन बिरुद्ध हस्ताक्षर संकलन अभियान

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आइतबार बेनीमा प्रतिनिधिसभा बिघटनका बिरुद्ध हस्ताक्षर संकलन अभियान सुरु गरेका छन् ।

संसद पुनस्थापनाको माग गर्दै प्रचण्ड–नेपाल समूहले आयोजना गरेको कार्यक्रममा संसद पुनस्थापनाको बिषयमा अलमलमै रहेको नेपाली काँग्रेसको जिल्ला स्तरका नेताहरुले पनि सहभागि भएर आफ्नै पार्टी नेतृत्वलाई दवाव दिएका छन् ।

नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, प्रदेश –ख) सभापति कमल छन्त्याल लगायत नेपाली कांग्रेसका यूवा नेताहरूले समेत हस्ताक्षर गर्नुभएको थियो । ‘संसद पुर्नस्थापना हुनुपर्छ,’ काँग्रेस म्याग्दीका उपसभापति माधव रेग्मीले भन्नुभयो ‘उहाँहरु (नेकपा)को झगडामा देशले दुख पाएको छ ।’ उहाँले संबिधानको रक्षाका लागि काँग्रेसले संसद पुर्नस्थापनालाई जोड दिनुपर्ने बताउनुभयो ।

Shreekrishna

नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले म्याग्दीबाट हजारौं हस्ताक्षर संकलन गरी प्रधानमन्त्री ओलीलाई पठाएर प्रतिगमन बिरुद्ध म्याग्दी एकजुट भएको सन्देश प्रवाह गर्ने बताउनुभयो । उहाँले जिल्लामा संसद विघटन बिरुद्धको अभियानमा ठूलो जनमत रहेको समेत बताउनुभयो ।

प्रतिनिधि सभाको असंवैधानिक विघटन सर्वोच्चले उल्टाएपछि राजनीतिले पुरानै धार लिने बताउँदै प्रधानमन्त्री कदम बिरुद्ध सडक संघर्ष जारी रहेको बताउनुभयो । राष्ट्रिय युवा संघ र अनेरास्ववीयूले कार्यक्रम आयोजना गरेका हुन् ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

हस्ताक्षर संकलन गरी प्रजिअ मार्फत प्रधानमन्त्री ओलीलाई पठाइने राष्ट्रिय यूवा संघ म्याग्दीका सहसंयोजक सन्दिप खत्रीले बताउनुभयो । हस्ताक्षर संकलन अभियानमा नेकपाका नेता बालकृष्ण सुबेदी, अनेमा संघ म्याग्दीकी अध्यक्ष ज्योती लामिछाने लगायतको उपस्थिति थियो ।

यसैगरी नेकपाको प्रचण्ड–नेपाल समूह निकट अनेमसंघले प्रतिनिधिसभा बिघटनको बिरोध, संसद पुनस्थापना र लैङ्गिक हिंसाका दोषीलाई कारबाहीको माग गर्दै आइतबार बेनीमा बिरोध प्रर्दशन गरेका छन् । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको बिरोध ¥याली न्युरोड क्याम्पसचोक, गणेशटोल, संगमचोक, बालमन्दिरचोक हुदै सोही ठाउँमा पुगेर समापन गरिएको थियो ।

अनेमसंघका केन्द्रिय सदस्य ज्योती लामिछानेको अध्यक्षता र नेता अम्बिका ढुङ्गानाको सञ्चालनमा भएको कोणसभालाई सम्बोधन गर्दै नेकपाका प्रदेश कमिटि सदस्य मुना बानियाले प्रधानमन्त्री ओलीले निरंकुश शैलीमा संसद बिघटन गरेर देशमा अस्थिरता निम्ताएको, भ्रष्ट्राचारीको संरक्षण गरेको, संबिधान उल्लङघन गरेको बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...