राहुघाटको सर्च साफ्टको ‘ब्रेक थ्रु’

Gandaki Ghumau

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजनाको सर्च साफ्टको आइतबार ब्रेक थ्रु भएको छ ।

रघुगंगा गाउँपालिका–३ स्थित सर्च साफ्ट र अडित न. ३ देखि खनिएको सुरुङ जोडिएको आयोजनाको प्रर्वद्धक रघुगंगा हाइड्रोपावर लिमिटेडले जनाएको छ । रघुगंगा हाइड्रोपावर नेपाल बिद्युत प्राधिकरणको सहायक कम्पनी हो । कम्पनीका प्रबन्ध सञ्चालक गणेश केसीले ६१ मिटर गहिरो सर्च साफ्ट र सुरुङ जोड्ने काम भएको बताउनुभयो ।

“आयोजनाको लागि यो एउटा महत्वपूर्ण उपलब्धि हो,” उहाँले भन्नुभयो “चार वटा अडिटबाट करिब सात सय मिटर सुरुङ निर्माण भएको छ ।” सर्च साफ्टले सुरुङमा पानीको सतह ब्यवस्थापन र चापलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

Shreekrishna

आकस्मिक रुपमा बिद्युत गृह बन्द गर्नुपर्दा सुरुङबाट आएको पानीको चापलाई सर्च साफ्टले नियन्त्रण र सतह ब्यवस्थापन गर्छ । राहुघाटको सर्च साफ्टको गोलाई दश मिटर छ । सिभिल ठेकेदार जयप्रकाश एशोसियट्स (जेपी)ले सर्च साफ्ट निर्माण गरेको हो ।

Gunasthariya Shiksya

२०७४ मंसिर ५ गते रु. छ अर्ब पचास करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जेपीले सुरुङ, बिद्युतगृह र बाँध निर्माणको काम एकै साथ अघि बढाएको छ । रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरमा बिद्युतगृह निर्माण गरिरहेको ठेकेदारले दग्नाम र झिँको सिमानामा पर्ने बाँध सम्म ११ किलोमिटर कच्चि पहुँचमार्ग निर्माण गरेको छ ।

छ किलोमिटर २०० मिटर लामो सुरुङ निर्माण हुने यस आयोजनाको एक किलोमिटर पेनस्टक पाइप जडान गरेर २९२ मि. उचाईबाट पानी खसाली बिद्युत उत्पादन गर्ने लक्ष्य छ । अधेरीखोलामा अडिट २, पिप्लेमा अडिट ३ र तिल्केनी चौरमा अडिट न. ४ खन्ने कार्य सम्पन्न गरि ति अडिटहरुबाट सुरुङ खन्ने कार्य भइ रहेको छ ।

२०७६ कार्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले प्रारम्भिक चरणको काम गरि विस्तृत डिजाइङको कार्यलाई तिब्रता दिएको छ ।

अर्धजलाशययुक्त (पिआरओआर) प्रबिधिको बाँध रहने यस आयोजनाले सन २०२३ को जनवरी ३१ देखि वार्षिक चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य सहित २०७५ चैतमा विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...