सर्बसम्मत चयन भयो म्याग्दी उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, म्याग्दी उद्योग बाणिज्य संघको २७ औ साधारणसभा तथा ११ औ अधिवेशनबाट बेलबहादुर कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

सदरमुकाम बेनीमा शनिबार राति सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको हो । कटुवाल संघको यसअघिको कार्यसमितिको बरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

बरिष्ठ उपाध्यक्षमा सुबिन श्रेष्ठ, प्रथम उपाध्यक्षमा राजेश शाक्य, दृतीय उपाध्यक्षमा लिलाराम गौतम, महासचिवमा अमित बानिया, कोषाध्यक्षमा सुबर्ण रिजाल, सचिवमा सुमन श्रेष्ठ, सहसचिवमा बाबुराम आचार्य र सहकोषाध्यक्षमा नारायण जिसी निर्वाचित हुनुभएको छ ।

Shreekrishna

सहसचिव पदमा दावी गरेका छ जना बीच सहमतिमा गोला प्रथाबाट आचार्य छनौट हुनुभएको थियो । संघको सदस्यहरुमा टेकप्रसाद सापकोटा, अञ्जित खान, गोपाल पौडेल, खेम केसी, मोतिलाल पौडेल, सरोज बानिया, राजकुमार श्रेष्ठ, तारानाथ रेग्मी, नवराज पौडेल, यज्ञराज थापा, हरिप्रसाद पौडेल, हिमाल श्रेष्ठ, चन्द्रप्रकाश बराइली, हरि भण्डारी, प्रबिण श्रेष्ठ लगायत चयन हुनुभएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

महिला उद्यम बिकास समितिका अध्यक्ष लक्ष्मी भण्डारी कार्की लगायत ५ वटा गाउँपालिका इकाई समितिका अध्यक्ष पदेन सदस्य रहने ब्यवस्था छ । बि.स. २०२७ मा स्थापना भएको म्याग्दी उद्योग बाणिज्य संघ म्याग्दीका उद्योगी ब्यवसायीहरुको छाता संगठन मानिन्छ ।

स्थापनाको ५० औ बर्षगाठ मनाइरहेको उद्योग बाणिज्य संघको अधिवेशनको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसात तिमिल्सीनाले उद्घाटन गर्नुभएको थियो । अधिवेशनको उद्घाटनका क्रममा संघले म्याग्दी जिल्लाको प्रवेशद्धार कालीपुल बसपार्कमा स्थापना गरेको शिव महादेवको मुर्ति अनावरण गर्नुभएको थियो ।

अधिवेशनको बन्दसत्रले अध्यक्ष उत्तम कर्माचार्यको संस्थागत, महासचिव लीलाराम गौतमको प्रगति र कोषाध्यक्ष अमित बानियाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । प्राकृतिक बिपत्तिमा परेका सदस्यहरुका लागि ब्यापारिक हितकोष स्थापना, दिवंगत सदस्य र परिवारका सदस्यको मृत्युमा राहत सहयोग गर्ने कार्यक्रम ल्याएको छ ।

पछिल्लो कार्यसमितिले बि.स. २०७५ लाई म्याग्दी भ्रमण वर्षको रुपमा मनाएको, बेनी नगरपालिका र म्याग्दी प्रवासी संघ (मोना)सँग समन्वय गरेर बेनी–लभ्लिहिल पदमार्ग बनाएको, संघको भवनमा जडिवुटी संकलन केन्द्र बनाएको छ । संघ अन्तरगत मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिका स्तरीय बजार इकाई समिति समेत गठन भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...