म्याग्दीका पहिरो पिडितको घरबास पुननिर्माणका लागि पाँच लाख अनुदान पाउने

Gandaki Kotihome

बेनी । गत बर्खाको पहिरो, कटान र बाढीका कारण घरबास गुमाएका म्याग्दीका पहिरो पिडितहरुले आवास पुननिर्माणका लागि सरकारबाट पाँच लाख रुपैयाँका दरले अनुदान पाउने भएका छन् ।

गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हिमाली जिल्लाका बाढी पहिरोपीडितका लागि पनि निजी आवास पुनर्निर्माणका लागि पाँच लाख रुपैयाँका दरले अनुदान दिने व्यवस्था सहितको कार्यबिधि पारित गरेको छ ।

स्थानीय तह मार्फत ३ किस्तामा अनुदान व्यवस्था सहितको कार्यविधी आएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । “कार्यबिधी अनुसार लाभग्राही छनौट गर्न छ वटै स्थानीय तहलाई पत्राचार गरेका छौ,” उहाँले भन्नुभयो “जिल्ला विपद् ब्यवस्थापन समितिको खातामा एकमुष्ट आउने अनुदान पालिका मार्फत बितरण हुनेछ् ।”

Upper Myagdi transmition line notice

हिमाली जिल्लाको हकमा ५ लाख, पहाडमा चार लाख र तराईका हकमा ३ लाख रुपैयाँ अनुदान दिने व्यवस्था छ । बिघटित प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले हिमाली जिल्लामा सूचिकृत भएका कारण म्याग्दीबासीले पहाड र तराइकाले भन्दा बढी अनुदान पाउने बताउनुभयो ।

एकाघर परिवारका सदस्यको देशभर कहीँकतै जग्गा नभएको, बाढीपहिरोका कारण पुनः घर बनाउनै नसक्ने गरी जग्गा मासिएको परिवारले बढीमा थप ३ लाख रुपैयाँ अनुदान जग्गा खरिदका लागि पाउने व्यवस्था छ ।

Annapurna aarohan ko notice

प्राधिकरणले तयार पारेको कार्यविधि गृहमन्त्री अध्यक्ष रहेको कार्यकारी समितिबाट स्वीकृत भएसँगै विश्व बैंकको सहयोगमा पुनर्निर्माण र पुनस्र्थापनाको काम थालिने भएको छ । ३० जेठ २०७७ यता बाढीपहिरोका कारण पीडित बनेका सबैले अनुदान पाउने प्राधिकरणले जनाएका छन । पीडितले बनाउने घरको नमुनासमेत प्राधिकरणले सार्वजनिक गरेको छ ।

प्राधिकरणले स्थानीय तहको परिचालन र अनुगमनपछि पुनर्निर्माणको काम थाल्ने भएको हो । अनुदान रकम लाभग्रहीको खातामा जान्छ । स्थानीय तहको सिफारिसका आधारमा लाभग्रहीले किस्तामा अनुदान पाउँछन् ।

पीडितको लगत संकलन र वास्तविक लाभग्रही पहिचानको जिम्मेवारी भने जिल्ला विपद् व्यवस्थापन समितिले पाएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले ४० वटा निजी आवास पुननिर्माण सुरु गरेको छ । मोनाले प्रतिपरिवार ५ लाख खर्च गरेर घर बनाउन लागेको हो ।

प्राधिकरणले उपलब्ध गराउने अनुदान घरबास गुमेकाले मात्रै पाउनेछन् । प्राधिकरणले अर्को वर्षा सुरु हुनुपूर्व नै पीडितका घर बनाउने योजना बनाएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो । प्राधिकरणले बाढीपहिरो प्रभावित क्षेत्रमा सर्वेक्षणका लागि प्राविधिक टोली खटाएको छ ।

गत बर्खामा म्याग्दीका ८१ वटा बस्तीका एक हजार ८६ घर प्रभावित भएका थिए । पहिरोले भत्किएर पूर्ण क्षति भएका २४७ घर पुननिर्माण र जोखिमयुक्त ८२१ घर स्थानान्तरण गर्नुपर्ने तथ्याङ्क संकलन भएको थियो ।

धवलागिरी गाउँपालिकाको १५ वटा बस्तीका २०९ घर, मालिकाको २२ वटा बस्तीका ३७५ घर, अन्नपूर्णका ८ वटा बस्तीका १३७ घर, मंगलाका ९ बस्तीका १००, रघुगंगाको १५ बस्तीका १६१ र बेनी नगरपालिकाको १२ बस्तीका ८६ घर पुननिर्माण र अन्यत्र सार्न सिफारिस गरिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...