शान्ति समाजको साधारणसभा

khali

बेनी । गण्डकी सफाई अभियान सुरुवात गर्ने निर्णय गर्दै मानब अधिकार तथा शान्ति समाज म्याग्दीको १८ औ साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ ।

कार्यक्रममा समाजका पूर्व केन्द्रिय वरिष्ठ उपसभापति रामजीप्रसाद सुवेदीले पुष ५गते भएको प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले त्यसलाई सच्चाउनुपर्ने बताउनुभयो ।

khali

कार्यक्रममा निवर्तमान सभापति ठाकुरप्रसाद शर्मा, पूर्व जिल्ला सचिव अमृतदेवी बानियाँ लगाएतले आफ्नो मन्तब्य व्यक्त गर्नुभएको थियो । शाखा सभापति नवराज पौडेल को सभापतित्व, कोषाध्यक्ष मुकुन्दप्रसाद आचार्य को स्वागत र सचिव हरिप्रसाद पौडेल को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Shreekrishna hardwear in news

कार्यक्रमका बक्ताहरुले जैबिक, धार्मिक, पर्यटकीय महत्वको कालीगण्डकी नदीको सफाई अभियान को नेतृत्व लिन मानव अधिकार तथा शान्ति समाज म्याग्दी लाई सुझाव दिएका थिए ।
सचिव हरिप्रसाद पौडेलले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष मुकुन्दप्रसाद आचार्यले पेश गरेको आर्थिक प्रतिवेदन साधारणसभाले पारित गरेको छ । दुर्गाराम सुवेदी र बिनोदकुमार श्रेष्ठलाई आजिवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

आगामी वर्षको लागि आर्थिक संकलनका विभिन्न उपायहरु अवलम्बन गर्ने, बार्षिक क्यालेण्डर प्रकाशन गर्ने, स्थापना काल देखि हालसम्मको कार्यक्रम समेटेर पुस्तक प्रकाशन गर्न अभिलेखिकरण सुरूवात गर्ने, मानवअधिकार बिषयका पक्षमा निरन्तर पैरवी गर्ने र केन्द्रवाट उपलब्ध गराईएका कार्यक्रमहरु सञ्चालन गर्ने कार्यक्रम तय गरिएको सचिव हरिप्रसाद पौडेल जानाकारी गराउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...