महिलाहरुका लागि निशूल्क लोकसेवा तयारी कक्षा सम्पन्न

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः महिलाहरुका लागि निशूल्क लोकसेवा तयारी कक्षा शनिबार बेनीमा सम्पन्न भएको छ ।

छोरी बुहारीहरुलाई निजामती सेवातर्फ आकर्षित गराउने उद्देश्यले एकिकृत सेवा कार्यालयले बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा चैत ८ गतेदेखि तालिम सञ्चालन गरेको थियो । २० दिनसम्म सञ्चालन भएको तालिममा ३० जनाले सहभागिता जनाएका कार्यालयका प्रमुख सम्सेर बहादुर घर्ती क्षेत्रीले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

निजामती सेवामा छोरी बुहारीहरुको उपस्थिति बढाउने र उनिहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको उहाँले बताउनुभयो । तालिम समापन कार्यक्रममा म्याग्दी बहुमुखी क्यामपसका सहायक प्रमुख भोलानाथ घिमिरेले विद्यार्थीहरुलाई देशमै टिकाइराख्न र सरकारी सेवामा प्रवेश गराउन तथा महिला शसक्तिकरणमा प्रभाव पारेको बताउनुभयो ।

Shreekrishna

अर्का सहायक क्याम्पस प्रमुख नारायण सुवेदीले तालिमले निजामती सेवाप्रति भोग जगाउने विश्वास गर्नुभयो । एकिकृत सेवा कार्यालयले गत वर्ष पनि लोकसेवा तयारी कक्षा सञ्चालन गरेको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...