मलिका गाउँपालिकामा बजेट खर्च न्युन, योजना कार्यान्वयन सुस्त

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२र०८३ को दोस्रो चौमासिक तथा हालसम्मको विकास निर्माण तथा सेवा प्रवाहको प्रभावकारिता सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको केन्द्र वडा नम्बर ६ छ्यारछ्यारे स्थित सभाहलमा गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ म्याग्दीको सहजिकरणरसमन्वयमा सार्वननिक सुनुवाइ सम्पन्न भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्वचन्द्र ढकालले चालु आर्थिक वर्षमा सम्पन्न भएका विकास निर्माण प्रगति, सेवा प्रवाह र उपलब्धी विवरण प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख प्रशासकीय अधिृत ढकालले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार, चालुतर्फ १६ करोड ३१ लाख ९ हजार४२२ रुपैयाँ तथा पुँजीगत तर्फ एक करोड ४७ लाख ६८ हजार ७४० रुपैयाँ खर्च भएको छ । गाउँपालिकाको चालुतर्फ ३४ करोड ७३ लाख,६७ हजार ८४९ र पुँजीगततर्फ १६ करोड १७ लाख ६९ हजार ५०० रुपैयाँ बजेट विनियोजना भएको थियो ।

यसैगरी कुल एक सय ४० वटा योजना मध्ये २१ वटा सम्पन्न भएका छन् भने ९४ वटा योजना सम्झौता भएर कार्यान्वयनको चरणमा छन् । त्यस्तै पालिका स्तरीय ३४ वटा योजना मध्ये २६ वटा योजना सम्झौता भएर कार्यान्वयनमा आएका छन् भने दुई वटा योजना सम्पन्न भइसकेका छन् ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

ठेक्कामार्फत कुल चार वटा योजना सबै सम्झौता भएर कार्यान्वयनमा गइसकेका छन् भने कोटेशनमार्फत कुल ५ योजना पनि सम्झौता भएका छन् । हालसम्म गाउँपालिकाका सबै वडामा जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइँसराई गरी आएको र गएको गरी कुल सात सय २५ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।

कार्यक्रममा सहभागी सन्तोष सुवेदी, छेमबहादुर बिक, अमृत सापकोटा, कुलबहादुर सुनार, खोप्तीकी नौली घर्ती, बिमका जंगबहादुर गर्बुजा, पिपला सिंउथानी, चक्रबहादुर विश्वकर्मा, नन्दप्रसाद न्युरे लगायतले गुनासा, सुझाव र जिज्ञाशा राख्नुभएको थियो ।

बेनी–दरबाङ सडक आयोजना अन्तर्गत रणबाङ–दरबाङ सडक निर्माण अलपत्र हुँदा पश्चिम म्याग्दीबासीले सास्ती खेप्नुपरेको, दरबाङ बजारमा फोहोर व्यवस्थापनको समस्या,गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा खरिद प्रक्रिया, बजार व्यवस्थापन, शिक्षा, बजारमा ढल निकास ,स्वास्थ्य बिमाको औषधीको समस्या, योजना कार्यान्वयनमा पारदर्शिता, कार्यालयबाट प्रवाह हुने सवाप्रवाहबारे गुनासो, प्रश्न, सुझाव र जिज्ञासा राख्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, प्रमुख प्रशासकीय अधिकृत ढकाल, वडा नम्बर ६का वडा अध्यक्ष पथबहादुर रोका, योजना अधिकृत सोम बहादुर केसी, स्वास्थ्य शाखा संयोजक सन्तुकुमारी कार्की, वडा नम्बर ५ का सचिव धर्मकान्त पौडेलले कार्यक्रममा उठेका सवालहरुको जवाफ दिनुभएको थियो ।
गाउँपालिका अध्यक्ष गर्बुजाले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायत पुर्वाधार विकासलाई प्राथमिकता दिएर काम गरेको बताउनुभयो । उहाँले जग्गा खरिद प्रक्रियामा दुःख दिने र अल्झाउने नियतले बिनाप्रमाण पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हाल्ने गरिएको भन्दै गुनासो पोख्नुभयो ।
सडक निर्माणको ठेक्का लिएको निर्माण व्यवसायीलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत ढकालले सार्वजनिक सुनुवाइमा सहभागिताको लागि सार्वजनिक सुचना लगायत विभिन्न माध्यमबाट खबर गरिएको कार्यालयबाट प्रवाह हुने सेवा प्रवाहलाई थप सरल र सहज बनाउने बताउनुभयो । सोही अवसरमा इलाका प्रहरी कार्यालय दरबाङको पनि नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । पत्रकार महासंघ म्याग्दीका शाखाका सचिव ठाकुरप्रसाद आचार्य र कोषाध्यक्ष साधन राम्जालीले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...