जलेश्वरमा ‘इभी’ दुर्घटना हुँदा छ जना घाइते

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वर नजिकै बिहिबार अपराहन्न भएको ‘इभी’ (इलेक्ट्रिक भ्यान’ दुर्घटना हुँदा भारतीय तिर्थयात्री सहित छ जना घाइते भएका छन् ।

मुस्ताङमा रहेको मुक्तिनाथ दर्शन गरी फर्कदै गरेका भारतीय तिर्थयात्रीहरु चढेको ग १ ज ८४३६ नम्बरको इभी बेनी–जोमसोम–कोरला सडकमा पर्ने जलेश्वरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

एक जना भाइतेलाई थप उपचारका लागि पोखरा पठाइएको र पाँच जनाको प्रदेश अस्पताल बेनीमा उपचार गरिएको अस्पतालका सूचना अधिकारी झरना श्रेष्ठले जानकारी दिनुभयो । भारतका २६ वर्षीया दिना मादी, ३६ वर्षीय त्रिवेणी भारत, ५० वर्षीय प्रमोद शंकर यादव, २८ वर्षीय कैलाश देयानी, ७० वर्षीय निरन्जन दास खन्ना र आबुखैरेनी–२ तनहुँका २२ वर्षीय सन्तोष भुजेल घाइते हुनुभएको हो ।

Shreekrishna

जेश्वरमा बुधबार अपराहन्न पनि ट्रक र बस ठोक्कीदा मुक्तिनाथ दर्शन गरेर फर्कदै गरेका १५ जना तिर्थयात्रीहरु घाइते भएका थिए । १५ जना सवार गाडी गुडिरहेको अवस्थामा एक्कासी अनियन्त्रित भएर सडकको कुनामा ठोक्कीएर दुर्घटना भएको प्रहरी निरीक्षक सागर तिमिल्सीनाले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...