बिमको डाडागाउँमा हिमाली युवा क्लवको सामुदायिक भवन र खेलमैदान निर्माण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

डाडागाउँ। म्याग्दीको मालिका गाउँपालिका–६ डाडागाउँमा हिमाली युवा क्लवको सामुदायिक भवन र खेलमैदान निर्माण भएको छ ।

गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण भएको खेलमैदान प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली र मालिका गाउँपालिकाको सहयोगमा निर्माण भएको सामुदायिक भवनको उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले उद्घाटन गर्नुभयो ।

कुल रु. ५५ लाख ६५ हजार पाँच सय ५५ को लागतमा भवन र खेलमैदान निर्माण भएको क्लवका अध्यक्ष टुकमान जुग्जालीले जानकारी दिनुभयो । दुई कोठे भवन, स्टेज र सार्वजनिक शौचालय सहितको भवन परिसरमा पाखो सम्माएर ६३ मिटर लम्बाई र ३२ मिटर चौडाई भएको खेलमैदान निर्माण भएको हो ।

Shreekrishna

मालिका गाउँपालिकाबाट रु. १७ लाख र गण्डकी प्रदेश सरकारबाट रु. १२ लाख सहयोग प्राप्त भएको खेलमैदान र भवन निर्माणका लागि हिमाली युवा क्लवले रु. चार लाख ७६ हजार बराबरको श्रमदान र फुलपाती आमा समूहले रु. तीन लाख नगद सहयोग गरेका छन् ।

सुवास गर्बुजा, सविन पुन, रविन पुन, डाइमण्ड जुग्जाली, अमृत जुग्जाली, इन्द्र पुन, चकबहादुर पाइजा, सुरज जुग्जाली, चित्र पाईजा, गमबहादुर जुग्जाली, मन्दिप÷सन्दिप÷रघु जुग्जाली र लकमन पुनले रु. एक÷एक लाख सहयोग गर्नुभएको क्लवका सचिव रोहन जुग्जालीले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

रत्नसिंह गर्बुजाले रु. ५५ हजार पाँच सय ५५, माइकल पाईजा, सुर्ज÷रेशम जुग्जाली, तिर्थमान÷सज्जन जुग्जाली, नारायण जुग्जाली, रुविन जुग्जाली, जिवन पुनले रु. ५०÷५० हजार, कर्ण जुग्जालीले रु. ३१ हजार, प्रविन रानाले ३१ हजार, खिमबहादुर जुग्जालीले रु. १७ हजार र रमेश पाईजाले रु. पाँच हजार सहयोग गर्नुभएको क्लवले जनाएको छ ।

कार्यक्रममा प्रदेश सरकारका पुर्वमन्त्री समेत रहनुभएका सांसद जुग्जालीले ग्रामिण क्षेत्रमा पूर्वाधार विकासले तिब्रता पाएपनि जनसंख्या घट्नु र बसाईसराई बढ्नु चुनौति बनेकोमा चिन्ता ब्यक्त गर्दै बिमका महिलाहरु पर्यटन र कृषिमा आधारित उद्यम, ब्यवसायमा लाग्न सुझाव दिनुभयो ।

बिमका आमा समूह र क्लवको अगुवाईमा सामुदायिक लज र घरबास सञ्चालनको योजना अघि बढाउन आग्रह गर्दै त्यसका लागि आफ्नो तर्फबाट साथ र सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष घर्ति पुन र वडा अध्यक्ष टकलाल पुनले सरकारी निकायको सहयोग भन्दा बढी रकम तथा श्रमदान जुटाएर खेलमैदान निर्माण गरेर डाडागाउँबासीले नमुना प्रस्तुत गरेका बताउनुभयो । वडा सदस्य तिलकबहादुर जुग्जालीले पाखो सम्माएर खेलमैदान बनाउने करिब १५ वर्षअघिको योजनाले पूर्णता पाएको बताउनुभयो ।

भवन र खेलमैदान उद्घाटनका साथै नयाँ वर्षको अवसरमा क्लवका संस्थापक कासिराम जुग्जाली स्मृति प्रथम कप आयोजना गरिएको छ । भलिबल, फुटसल लगायतका प्रतियोगिता सञ्चालन हुने क्लवले जनाएको छ । उद्घाटन कार्यक्रममा सहयोगदातालाई सम्मान गरिएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...