संविधानसभा सदस्य गमबहादुर श्रीस कृषि उद्यममा

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बरंजा ः म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजामा संविधानसभा सदस्य गमबहादुर श्रीसले कृषि उद्यम सञ्चालन गर्नुभएको छ ।

तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको ‘जनयुद्ध’मा भूमिगत, वि.स. २०६३ को अन्तरिम संसद र २०६४–देखि २०७० सम्म संविधानसभा सदस्य रहनुभएका श्रीसले राजनीतिज्ञसँगै कृषक र उद्यमलाई निरन्तरता दिनुभएको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

भूमीगत राजनीति र संविधानसभा सदस्यको कार्यकाल पुरा गरेपछि जन्मथलो फर्कनुभएका उहाँले श्रीस कृषि तथा पशुपंक्षी फार्म स्थापना गरेर बाख्रापालन र सुन्तला खेती गर्नुभएको छ । मध्यमवर्गीय पृष्ठभूमिका श्रीसले आत्मनिर्भरता र जिविकोपार्जनका लागि बाख्रापालन र सुन्तला खेती रोजेको बताउनुभयो ।

Shreekrishna

दुई वटा बाख्रा र रु. एक लाख लगानीबाट सुरु भएको श्रीसको फार्ममा हाल ३० वटा बाख्रा छन् । वार्षिक १५ देखि २० वटा खसीबोका बिक्री गर्नुहुन्छ । परम्परागत खाद्यान्न खेतीको विकल्पमा उहाँले खेतबारीमा लगाएको तीन सय ५० बोट सुन्तलाले उत्पादन दिन थालेका छन् ।
“नागरिकको अवस्था सुधार, आर्थिक, सामाजिक रुपान्तरण र रोजगारी सिर्जनाका लागि कृषिमा आधारित उद्यमशिलतानै प्रमुख आधार हो,” उहाँले भन्नुभयो “पहाडी क्षेत्रमा आत्मनिर्भर र स्वरोजगारका लागि बाख्रापालन र सुन्तलाखेतीको सम्भावना देखाउनका लागि आफै अग्रसर भएको हो ।”
खरी र जमुनापारी जातका बाख्रा पाल्नुभएको छ । केही समय खाद्यान्न पसलको डिलर सञ्चालन गर्नुभएका श्रीसले सुरुवातमा ताराखोलाबाट किनेर ल्याएको हावापानी नमिलेका कारण मरेर क्षति ब्यहोर्नुपरेपनि निराश नभई ब्यवसायलाई निरन्तरता दिएको सुनाउनुभयो ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा आधूनिक र व्यवस्थित खोर निर्माण गर्नुभएको छ । श्रीसको अगुवाइमा नमुना कृषक समूह मार्फत बरंजाका १५ घरपरिवार किसानहरुले ब्यवसायिक बाख्रापालन गरेका छन् । बरंजाका किसानले बाख्रापालन र सुन्तला खेतीका अलावा गाईभैसीपालन गरेर दूध उत्पादन गरि तातोपानी र बेनी बजारमा बिक्री गर्दै आएका छन् ।
श्रीसले खाली जमिनमा बाख्रालाई आवश्यक पर्ने घाँस खेती गर्नुभएको छ । श्रीस सहित बरंजाका किसानहरुलाई सुन्तला खेती विस्तार, बगैचा सुदृढीकरण र सिचाई सुविधा विस्तारका लागि राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना र कृषि विकास कार्यालयले सघाएका छन् ।
बिहान बेलुकी र फुर्सदको समयमा बाख्रा र सुन्तलाको स्याहार सुसारमा व्यस्त हुने श्रीस स्थानीय सामाजिक गतिबिधीमा पनि संलग्न हुनुहुन्छ । हाल नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य रहेका श्रीसले राजनीतिसँगै कृषि उद्यमलाई विस्तार र निरन्तरताको योजना बनाउनुभएको छ ।
माहुरीपालन शुरु गर्ने तयारीमा रहेका श्रीसलाई श्रीमती बिष्णुमति, छोरा र परिवारका सदस्यहरुले पनि साथ दिनुभएको छ । विद्यार्थीकालदेखि नै श्रीसमगर नेकपा (माओवादी) पार्टीमा आबद्ध हुनुभएको थियो । २०५८ सालदेखि उहाँ भूमिगत हुनुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...