सिङ्गाका महिलाहरुलाई पञ्चैबाजा तालिम

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी। परम्परागत मौलिक बाजाको संरक्षण र महिलाहरुलाई आत्मनिर्भर बनाउन म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई लक्षित गरेर पञ्चैबाजा बजाउने तालिम सम्पन्न भएको छ ।

शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजनामा वडाका महिला र आमा समूहका प्रतिनिधीहरुलाई पञ्चैबाजा बजाउने तालिम दिइएको हो । ० दिनसम्म सञ्चालन भएको तालिममा १६ जना महिलाहरु सहभागि थिए । उनिहरुलाई प्रकाश परियार र सतप्रसाद छिनालले बाजा बजाउने ब्यवहारिक सिप सिकाउनुभएको सिकाई केन्द्रका परिचालक सिता कुँवर थापाले बताउनुभयो ।

बिवाह, ब्रतबन्ध, छेवार लगायत शुभकार्य तथा कार्यक्रमहरुमा पञ्चैबाजा बजाउनका लागि बाहिरबाट कलाकार ल्याउनुपर्ने बाध्यता हटाउन र महिलाको आयआर्जन वृद्धिका लागि पञ्चैबाजा बजाउने सिप सिकाउनुका साथै बाजाका सामग्रीहरु पनि वितरण गरिएको सिकाई केन्द्रका अध्यक्ष भरतप्रसाद शर्माले बताउनुभयो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

पञ्चैबाजा बजाउदै आएका राक्सेका कलाकारहरुको क्षमता विकास र थप चार जना नयाँ कलाकारहरुलाई सिप सिकाइएको छ । चालु आर्थिक वर्षमा नौमति बाजा संरक्षण तथा सीप विकासका लागि वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले रु. एक लाख ५० हजार र सीप विकास तालिमका लागि गण्डकी प्रदेश सरकारले रु. एक लाख ७० हजार अनुदान प्रदान गरेको छ । पञ्चैबाजामा सहनाइ, ढोलकी, ट्याम्को, दमाहा, झ्याली र कर्नल समावेश हुन्छन् ।

सिप सिकेकाहरुलाई ब्यवसायिक रुपमा बाजा बनाउने पेशामा आवद्ध हुन र निरन्तरता दिनका लागि एक सेट बाजाका सामग्रीहरु पनि उपलब्ध गराएको वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले बताउनुभयो ।

तालिम समापन कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले सिपलाई सदुपायोग गरेर ब्यवसायिक बन्न र पेशालाई निरन्तरता दिएर स्वरोजगार र आत्मनिर्भर बन्न आग्रह गर्नुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...