गुर्जा नजिकै पुग्यो सडक र गाडी

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ । गुर्जासँगै म्याग्दीका छ वटा स्थानीय तहका ४५ वटै वडामा सडक पुगेको छ ।

धवलागिरी गाउँपालिकाले सञ्चालन गरेको लुलाङ–गुर्जा सडक योजना मार्फत गुर्जाको कानबराह नजिकै सम्म सडकको मार्ग खोल्न प्रयोग भएको डोजरसँगै ‘बि.ए.ए.’ ७८४६ नम्बरको जिप बिहिबार पहिलो पटक पुगेको गुर्जाका वडा अध्यक्ष झक छन्त्यालले जानकारी दिनुभयो ।

“यसअघिका तीन वर्षमा गाउँपालिका, प्रदेश र संघीय सरकारको लगानीमा लुलाङ देखि भैसीमाने सम्म करिब १८ किलोमिटर सडकको मार्ग खुलेको थियो,” उहाँले भन्नुभयो “चालु आर्थिक वर्षमा थप करिब चार किलोमिटर ट्याक (मार्ग) बनाएर गुर्जालाई यातायात सञ्चालसँग जोड्ने योजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।”

Shreekrishna

थप एक किलोमिटर मार्ग खोलेर आगामी एक हप्ताभित्र गुर्जा गाउँसम्मै गाडी पु¥याउने तयारी भएको छ । चालु आर्थिक वर्षमा रु. एक करोड ७० लाख बजेट बिनियोजन गरेको योजना मार्फत छनौट भएको ठेकेदार कम्पनी लुलु कन्ट्रक्सनले गत पुष महिनामा रु. ८८ लाख ८५ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

आर्थिक वर्ष २०७९÷०८० देखि शुरु भएको लुलाङ–गुर्जा धवलागिरी गाउँपालिकाको गौरवको प्राथमिकताप्राप्त योजना भएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । दुई वर्षअघि सम्म गुर्जादेखि लुलाङ पुग्न पुरै दिन भिर, जंगल र खोल्साको उकालो, ओरालो पैदलयात्रा गर्नुपर्ने अवस्था थियो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

हाल गाडी पुग्ने गाउँदेखि पाँच मिनेट पैदलयात्रा गरेर गुर्जा पुग्न सकिन्छ । गत फागुनमा पाल्टनमा पुगेको सडक निर्माण कार्य डोजर बिग्रिएका कारण एक महिनापछि केहीदिन अघि सूचारु भएको थियो ।

म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन)ले गुर्जा सहित म्याग्दीका सबै वडाहरुमा सडक पुगेको बताउनुभयो । “भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जामा सडक पु¥याउन सफल भएका छौ,” उहाँले भन्नुभयो “तीनै तहका सरकार र समुदायको सहकार्यमा गुर्जालाई सडक सञ्जालमा जोड्न सफल भएका हौ ।”

गाडी चल्न थालेपछि गुर्जाबाट दुई घण्टा तीस मिनेटमा गाउँपालिकाको केन्द्र मुना, पाँच घण्टामा बेनी र सात घण्टामा पोखरा पुग्न सकिने भएको छ । यसअघि गुर्जादेखि मुना पुग्न पुरै दिन पैदलयात्रा गर्नुपर्ने अवस्था रहेको स्थानीय गोर्खा छन्त्यालले बताउनुभयो । गाडी चल्न थालेपछि बिरामीलाई अस्पताल पु¥याउन, कृषि, पशुजन्य र जडिवुटी बजारीकरणमा सहज भएको छ । गुर्जामा पर्यटकको चहलपहल बढ्न थालेको छ ।

मार्ग खुलेको सडकको ग्रेड, घुम्ती मिलाउन, साँघुरो ठाउँमा फाराकिलो पार्न, पक्की नाला बनाउन चालु आर्थिक वर्षमा संघीय सरकारको सहरी विकास मन्त्रालयबाट रु. तीन करोड र गण्डकी प्रदेश सरकारले रु. ५० लाख बिनियोजन गरेको छ । प्रदेश सरकारले पालिकामा पठाएको रु. ५० लाख बजेटको योजना कार्यान्वयनका लागि ठेक्का आव्हान भइसकेको पालिका अध्यक्ष प्रेम प्रसादपुनले बताउनुभयो ।

गुर्जा जोड्ने सडकमा पर्ने लमसुङ स्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माण थालेको छ । दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानी, बिरामीलाई समयमै अस्पताल पु¥याउन सहज भएको छ । गुर्जामा अल्पसंख्यक छन्त्याल र दलित समुदायको बसोबास छ । एउटै बस्ती एकै वडामा समेटिएको दुई ६५ घरधुरी रहेको गुर्जाको जनसंख्या एक हजार पाँच सय पाँच जना छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...