विदेशको जागिर र सहरको बसाई छाडेर भेडा पाल्न जंगल पसेका हिमबहादुर

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः रोजगारीको शिलशिलामा २० वर्ष विदेशमा विताएका म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङका ५० वर्षीय हिमबहादुर छन्त्याललाई सहरबजारको सुविधायुक्त बसाई छाडेर भेडाबाख्राको पछि लागेर लेकबेशी गर्नुपर्ने बाध्यता थिएन् ।

सुविधा, अवसर र रोजगारीको लागि गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम चलिरहेका समयमा म्याग्दीको विकट र दुर्गम क्षेत्रका रुपमा चिनने मल्कवाङका हिमबहादुर भेडाबाख्रा पालेर जंगल पस्नुभएको छ ।

“यु.ए.इ.मा २० वर्ष काम गरेर कमाएको पैसाले पोखरामा घरपरिवारसँगै बिलासी जिवन बिताउन पनि पुग्ने थियो,” उहाँले भन्नुभयो “आफ्नो जन्मिएको ठाउँमा पनि केही गरौ । कोही गाउँ छाडेर गएपनि कोहीले त केही गर्नुपर्छ भन्ने भावनाले प्रेरित भएर जन्मथलो फर्किएर ब्यवसायिक भेडाबाख्रा पालेको हो ।”

Shreekrishna

हिमबहादुरले विदेशमा आर्जेको अनुभव र पँुजिलाई परिचालन गरेर जन्मथलोमा ‘मल्कवाङ भेडाबाख्रा फार्म’ सञ्चालन गर्नुभएको छ । उहाँका परिवार र आफन्तहरु पोखरामा बसोबास गर्नुहुन्छ । उहाँ भने छ सय भेडा चराउदै हिउँदमा बेशीका फाँट र बर्खामा हिमालको काँखमा घुम्ती गोठ लिएर पुग्ने गर्नुभएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

“असोजमा बेशी झारेको भेडागोठ हिउँदभरी मल्कवाङको फेदी खालीखोलामा राखे,” उहाँले भन्नुभयो “वैशाख महिनासँगै गोठ लेकतिर सार्दै साउन–भदौमा धौलागिरि हिमालको बुकी पाटनमा पु¥याउछौ ।” सहरबजारको कोलाहल, प्रदुषण र तनाव भन्दा भेडाबाख्रासँगै लेकबेसी गर्दा रमाइलो लाग्ने हिमबहादुरले अनुभव सुनाउनुभयो ।

एक वर्षमा तीन सयको हाराहारीमा भेडा र बाख्रा बिक्री गर्ने हिमबहादुरले आफू स्वरोजगार बन्नुका साथै गाउँका तीन जनालाई रोजगारी दिनुभएको छ । करिब रु. एक करोड लगानी गरेर भेडाबाख्रा फार्म खोलेका हिमबहादुरले वार्षिक रु. ३० देखि ४० लाखको भेडाबाख्रा बिक्री हुने बताउनुभयो ।

मासु र पुजाआजाका लागि गोठबाटै भेडाबाख्राको खसी र बोका बिक्री हुन्छन् । उत्पादन गर्न सकेमा बजारको समस्या नभएको हिमबहादुरको अनुभव छ । भेडाबाख्रालाई हिउँको चिसोबाट बचाउनका लागि धवलागिरी गाउँपालिकाले खालीखोलामा टहरा निर्माण गर्न सघाएको वडा अध्यक्ष अमर छन्त्यालले बताउनुभयो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आन्तरिक तथा बाह्य परजिवी तथा महामारीका विरुद्ध निशूल्क खोपको व्यवस्था मिलाएको छ । घुम्ती गोठमा भेडाबाख्राको सुरक्षाका लागि हिमबहादुरले पाँच वटा कुकुर पाल्नुभएको छ । खाद्यान्न ढुवानी गर्न दुई वटा घोडा पनि संगै पाल्नुभएको छ । चरन क्षेत्रको कमी, वन्यजन्तुको आक्रमण र मौसममा आएको परिवर्तन भेडापालनमा चुनौति बनेको हिमबहादुरले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...