लेकगाउँ स्वाँरा सिचाई योजना कार्यान्वयनका लागि बजेटको स्रोत सुनिश्चित

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को लेकगाउँ स्वाँरा सिचाई योजना कार्यान्वयनका लागि करिब रु. साढे दुई करोड बजेटको स्रोत सुनिश्चित भएको छ ।

गण्डकी प्रदेश सरकारको उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको प्रस्तावमा आर्थिक मामिला तथा योजना मन्त्रालयले योजनाका लागि बहुबर्षीय ठेक्का लगाउन बजेटको स्रोत सुनिश्चितता गरेको हो ।

मन्त्रालयले उक्त योजनाका लागि रु. दुई करोड ४९ लाख ७४ हजार बजेटको स्रोत सुनिश्चितता गरेको म्याग्दी १(क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले जानकारी दिनुभयो ।

Shreekrishna

“चालु आर्थिक वर्षमा रु. ५० लाख बजेट बिनियोजन भएको उक्त योजनाका लागि थप रु. एक करोड ९९ लाख ७४ हजार बजेटको स्रोत सुनिश्चितता भएको हो,” उहाँले भन्नुभयो “लेकगाउँको स्वाँराफाँटको खेतीयोग्य जमिनमा सिचाईको ब्यवस्था मिलाएर हराभरा बनाउने नारच्याङबासीसँग गरेको प्रतिवद्धता कार्यान्वयन गरेका छौ ।”

खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले मन्त्रालयबाट स्रोत सुनिश्चितताको पत्र प्राप्त भएपछि बहुबर्षीय ठेक्का आव्हान गरिने जनाएको छ । कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले यही चैत महिनामित्र ठेक्का खुलाउने र असार अघिनै सम्झौता गरेर योजना कार्यान्वयनमा लैजाने तयारी गरेको बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

उक्त योजना मार्फत नारच्याङ स्वाँराफाँटको ३० हेक्टर जमिनमा सिचाई सुविधा विस्तार हुने ओझाले बताउनुभयो । अधिकांश नारच्याङबासीहरुको खेतबारी भएको स्वाँराफाँटमा सिचाई सुविधाको अभाव हुँदा खेतीबाली लगाउन समस्या भएको थियो । सिचाई अभावमा खेतीयोग्य जमिन बाँझो राख्ने र उब्जनी पनि कम हुने समस्या छ ।

दुई हजार मिटर भन्दा बढीको उचाईमा अवस्थित स्वाँराको समथर जमिनमा आलु, मकै, कोदो, गहुँ, जौ खेती हुने गरेको छ । सिचाई सुविधा भएपछि उच्च पहाडी क्षेत्रमा हुने फलफुल र व्यवसायिक तरकारी खेती गर्ने नारच्याङबासीको योजना छ ।

अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम पुर्जाले नारच्याङबासीको डेढ दशकदेखिको सपना हुन हुन लागेकोमा खुसी व्यक्त गर्नुभयो । “स्वाँराफाँटमा सिचाई ब्यवस्थाका लागि करिब १५ वर्षदेखि योजना र बजेट माग गर्दै आएका थियौ,” उहाँले भन्नुभयो “बजेटको स्रोत सुनिश्चितता भएको खबरले नारच्याङबासीमा खुसीयाली छाएको छ । उत्साही भएका छौ ।”

लेकगाउँ भन्दा माथी कालोखोला र लरेनीखोलाको मुहानबाट पाइपलाइन मार्फत पानी ल्याएर स्वाँराफाँटको जमिनमा सिचाई गर्ने लक्ष्य राखिएको छ । उक्त योजनाबाट नारच्याङका तीन सय घरधुरी किसान लाभान्वित हुने वडा सदस्य पुर्जाले बताउनुभयो ।

यसअघि गत वर्ष प्रदेश सरकारले बिनियोजन गरेको रु. १५ लाख बजेटबाट स्वाँराफाँटको शिरानमा पानी संकलन गर्ने पोखरी निर्माण भएको थियो । त्यसअघि अघिल्लो कार्यकालमा पनि प्रदेश सरकारबाट दुई वटा आर्थिक वर्षमा बजेट बिनियोजन भएपनि बुहुबर्षीय ठेक्काका लागि बजेट अभाव हुँदा कार्यान्वयन हुन सकेको थिएन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...