म्याग्दीमा आर्थिक गणनाको तयारी

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः आगामी वैशाख २ देखि असार ७ गतेसम्म देशब्यापी रुपमा सञ्चालन हुने आर्थिक गणनाका लागि म्याग्दीमा तयारी थालिएको छ ।

बेनीको हाडेभिर स्थित शिक्षा विकास तथा समन्वय इकाईको भवनमा सम्पर्क कार्यालय स्थापना र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरेर आर्थिक गणनाको तयारीलाई तिब्र पारिएको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

जिल्ला आर्थिक गणना कार्यालय म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको अन्तरक्रियामा आर्थिक गणना अधिकारी घनश्याम सापकोटाले चैत महिनाभर गणनाको तयारी पुरा गरिने जानकारी दिनुभयो ।
चैत मसान्तसम्म गणकको नियुक्ति, गणकहरूलाई तालिम प्रदान र पालिका तहमा सरोकारवालाबीच छलफल सकेर गणना सुरु गरिने उहाँले बताउनुभयो । म्याग्दीमा आर्थिक गणनाका लागि १९ जना गणक र तीन जना सुपरिवेक्षक परिचालन हुने कार्यक्रममा जानकारी गराइएको थियो ।

Shreekrishna


म्याग्दीमा आर्थिक गणना सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति गठन भइसकेको छ । प्रजिअ आचार्यले संकलन हुने सूचनाले देशको नीति र योजना निर्माणमा सहयोग पुग्ने भएकाले आर्थिक गणनालाई सफल पार्न सबै क्षेत्र र तहबाट सकारात्मक भूमिका खेल्न आग्रह गर्नुभयो ।
पालिका तहमा स्थानीय तह समन्वय समिति र वडास्तरमा वडास्तरीय सहजीकरण समिति पनि गठन गर्न थालिएको छ । ‘समग्र अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासहित चालु आर्थिक वर्षभित्र सम्पन्न हुने गरी देशैभर दोस्रो पटक आर्थिक गणना गर्न लागिएको हो । विसं २०७५ को वैशाखमा पहिलो पटक आर्थिक गणना भएको थियो ।
यस गणनाका दौरानमा म्याग्दीका जिल्लाका १८ वटा आर्थिक क्षेत्रका आधारभूत विवरण सङ्कलन गरिने भएको छ । जसमा देशैभर रहेका दर्ता भए, नभएका ठुला साना, व्यापारिक प्रतिष्ठान, उद्योग, कलकारखाना, होटललगायत रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गरिने गणना अधिकारी सापकोटाले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...