एमाले जनप्रतिनिधी र नेता तथा मजदुरबीच भएको कुटाकुट घटना सहमतिमा साम्य

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दी सदरमुकाम बेनीमा नेकपा एमालेका नेता तथा जनप्रतिनिधि र मजदुरहरुबीच भएको कुटाकुट घटना आपसी सहमतिमा साम्य पारिएको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा आईतवार बेनीमा निकालेको विरोध ¥यालीको क्रममा बेनी स्थित नेपाल टेलिकमको कार्यालय परिसरमा रहेका मजदुरहरुले एमाले विरोधी शब्दहरु प्रयोग गरेपछि विवाद भएको थियो । विवादको क्रममा दुईपक्षबिचमा हातपात भएको भिडियो सार्वजनिक भएको थियो ।

एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ गरेको विरोध र रिहाई गर्नुपर्ने माग सहित आईतवार बेनीमा एमालेले विरोध ¥याली आयोजना गरेको थियो । हाडेभिर स्थित एमालेको पार्टी कार्यालयबाट एमालेका नेता कार्यकर्ताहरु जिल्ला प्रशासनतर्फ जाने क्रममा नेपाल टेलिकमको कार्यालय परिसरमा रहेका मजदुरहरुले एमाले विरोधी शब्दहरु प्रयोग गरेपछि विवाद भएको थियो ।
एमालेका नेता तथा बेनी नगरपालिकाका मेयर सुरत केसी, वडा नम्बर ६ का अध्यक्ष कृष्णसिंह बानियाँ, रघुगंगा गाउँपालिका २ का वडा अध्यक्ष अमृत भण्डारी, बेनपा ७ का वडा सदस्य रमेश फगामी लगायतका जनप्रतिनिधिहरु समेतको संलग्नतामा मजदुरमाथि हातपात भएको सार्वजनिक भिडियो फुटेजमा देखिन्छ ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना


उक्त घटनाको बारेमा सोमबार साँझ सम्म उजुरी नपरेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकको सिसीटिभी फुटेज समेत मगाएर अनुसन्धान गरी सोमबार दुबै पक्षलाई छलफलमा डाकिएकोमा दुबैपक्षबाट एक आपसमा गल्तिको महसुस गरेको र कुनैपनि पक्षबाट उजुरी नपरेको कारण दुईपक्षबिचमा आपसी सहमति भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
घटनापछि कसैले उजुरी नदिएपनि दुई पक्षबिचमा हातपात भएको भिडियो सार्वजनिक भएकाले जिल्ला प्रहरी कार्यालयले दुवैपक्षलाई छलफलमा डाकेकोमा एक आपसमा कमजोरी महसुस गरी दुबैपक्ष समझदारी कायम गरी फर्किएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक सागर तिमिल्सिनाले पुष्टि गर्नुभयो ।

टेलीकमको भवन मर्मतको कामका लागि नुवाकोटबाट आएका मजदुर बिजय लामाले आफूहरुलाई सम्झाई बुझाई गर्नुपर्नेमा सिनियर व्यक्तिहरुनै हातपातमा उत्रिनु दुखद भएको प्रतिक्रिया दिनुभएको छ । काम गर्न आएकाले आफूहरु उजुरी गर्ने पक्षमा नरहेको लामाको भनाई थियो ।
कुटपिटको भिडियोमा देखिएका बेनी नगरपालिका ६ का वडा अध्यक्ष कृष्णसिंह बानियाले अपशब्द प्रयोग गर्ने व्यक्तिहरुलाई सम्झाइ बुझाई गर्न खोज्दा हातपात गर्ने प्रयास भएपछि वातावरण असहज बनेको स्विकार गर्दै घटनालाई अतिरञ्जित गरिएको प्रतिक्रिया दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...