विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दिप प्रज्वलन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः विश्व शान्तिको कामना गर्दै शुक्रबार बेनी स्थित कालीगण्डकी नदी किनारमा दुई करोड ५० लाख दिप प्रज्वलन गरिएको छ ।

विश्व हिन्दु महासंघ म्याग्दीले राम नवमी पर्वको अवसर पारेर कालीगण्डकी र म्याग्दी नदीको दोभान नजिकै दिप प्रज्वलन गरेको हो । विश्व शान्तिको कामनाका साथै म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनी बजारको धार्मिक पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यले दिप प्रज्वलन कार्यक्रम गरिएको संघका उपाध्यक्ष बिक्रम श्रेष्ठले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

“तीन सय जना भन्दा बढी भक्तजनहरुले धागो काटेर बनाएको बत्ती ल्याएर चढाएका र पुजाआजा गर्नुभयो,” उहाँले भन्नुभयो “दिप प्रज्वलनमा पाँच हजार जना भन्दा बढी भक्तजन सहभागी भएको आयोजकले जनाएका छन् ।”

Shreekrishna

हिन्दु धर्मावलम्बीहरुले भगवान बिष्णुको अवतारका रुपमा पुज्ने शालीग्राम शिला विश्वमा कालीगण्डकी नदीमा मात्र पाइन्छ । शालिग्राम पाइने कालीगण्डकी सहित र दुई नदीको दोभानमा अवस्थित बेनी बजार हिन्दु र बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेशद्धारको रुपमा परिचित छ ।

धार्मिक महत्वको कालीगण्डकीको बग्ने बेनी बजारको सम्भावनालाई उजागरका साथै मध्यपुर्वका देशहरुमा भइरहेको द्धन्द्ध छिटो हटेर शान्ति कायम होस र नेपालमा शुक्रबारनै गठन भएको नयाँ सरकारले जनअपेक्षा अनुसार काम गर्न सफल होस भन्ने कामना सहित दिप प्रज्वलन गरिएको संघका अध्यक्ष दण्डपानी शर्माले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...