वन डढेलो र सुख्खापन रोकथामका लागि वनमा पोखरी

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

म्याग्दी ः वन डढेलो नियन्त्रण, सुख्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्धन्द्ध न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ ।

डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा सामुदायिक वन उपभोक्ता समूहले यस वर्ष छ वटा पोखरी बनाउन थालेका हुन । पानी र आहराका लागि मानवबस्तीमा आउने वन्यजन्तुलाई वनमै रोक्ने, पोखरीमा पानी भरेर चिस्यान कायम राख्ने र डढेलो निभाउनका लागि आवश्यक पर्ने पानी संकलन गर्न पोखरी बनाउन लागिएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख वसन्तकेशव अधिकारीले जानकारी दिनुभयो ।

“पानी र आहाराको खोजीमा वन्यजन्तु मानव बस्तीमा नआउन् भनेर जङ्गलमै पोखरी बनाउने कार्यक्रम प्रभावकारी बनेपछि पछिल्लो चार वर्षयता निरन्तरता दिएका छौ,” उहाँले भन्नुभयो “वनमै पानी र आहारा भएपछि वन्यजन्तु मानव बस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुगेको छ ।”

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

पोखरीमा पानी संकलन हुँदा जमिनमा रिचार्ज हुने र डढेलो लागेको अवस्थामा निभाउन आवश्यक पर्ने पानी ब्यवस्थापन गर्न सजिलो हुने गरेको डिभिजनल वन अधिकृत अधिकारीले बताउनुभयो ।

बेनी नगरपालिका–५ को चिप्लरी सिमपाखो, मंगला गाउँपालिका–१ कुहुँको पात्लेपानी, धवलागिरी गाउँपालिका–३ मुनाको दहपातल, रघुगंगा गाउँपालिका–६ को ठाडाखानी, मालिका गाउँपालिका–६ को सानो धैरेनी उपल्लोतला र अन्नपूर्ण गाउँपालिका–७ को घराम्दी सामुदायिक वन पोखरी बनाउन छनौट भएका छन् ।

६१ दशमलव ७५ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका पोखरीमा ६१ हजार लिटर पानी सङ्कलन गर्न सकिनेछ । प्रतिपोखरी निर्माणका लागि कार्यालयले समूहलाई रु. एक लाख अनुदान सहयोग गरेको छ । यसअघि आव २०७८–७९ मा १०, २०७९–८० मा छ, २०८०÷०८१ मा १० र २०८१÷०८२ मा पाँच वटा गरी ३१ वटा पोखरी निर्माण भइसकेका छन् ।

जिल्लामा पछिल्लो समय रतुवा, मृग, बाँदर, चितुवालगायत वन्यजन्तु नजिकको मानव बस्तीमा आएर क्षति पु¥याउन थालेका छन् । यसरी बस्तीमा पस्ने वन्यजन्तुले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्ने गर्दछन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...