सडक फराकिलो पार्न दरवाङको अग्रसरता

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

दरवाङ । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडकलाई फराकिलो पार्न स्वसफुुर्त रुपमा घरको पेटी र टहरा भत्काउन थालेका छन् ।

मालिका गाउँपालिकाको केन्द्र समेत रहेको दरवाङ बजारको सडक विस्तार र कालोपत्र गर्नका लागि सञ्चालित योजना कार्यान्वयनमा स्थानीयबासीले संरचना भत्काएर सघाएका हुन् । मालिका गाउँपालिका–६ का वडा अध्यक्ष पथबहादुर रोकाले सडक छेउमा रहेको पेटी र टहरा भत्काएर फराकिलो पार्नका लागि स्थानीयबासीहरु आफै अग्रसर भएका बताउनुभयो ।

“वडा कार्यालय देखि बिमतर्फ जाने साघुरो सडकलाई छ मिटर फराकिलो पार्नका लागि घरधनीहरुले आफै संरचना भत्काएर सहयोग गर्नुभएको छ,” उहाँले भन्नुभयो “पक्की सडकको प्रतिक्षामा रहेका दरवाङबासीहरु सडक फराकिलो पार्न आफै अग्रसर भएकाले निर्माण ब्यवसायीलाई काम गर्न सजिलो भएको छ ।”

Shreekrishna

धौलागिरी टोलका ३६ र नयाँ बजार टोलका ३१ वटा घरको पेटी र टहरा भत्काउनका लागि नक्साङ्कन भएको छ । धौलागिरी टोलका अध्यक्ष मेख पुनले बैठक मार्फतनै सडक फराकिलो पार्नका लागि मापदण्ड अनुसार आवश्यक पर्ने जग्गा दिने र संरचना भत्काउने निर्णय गरिएको बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

धेरै ठाउँमा सडक विस्तारका लागि प्रभावित क्षेत्रका बासिन्दाले घरटहरा भत्काउन नमानेर बिवाद हुने गरेको अवस्थामा दरवाङका बासिन्दाले सकारात्मक सन्देश दिएका छन् । नयाँबजार टोलका अध्यक्ष मिराज गौतमले घरधनीहरुको सहमतिमा कम क्षति हुने गरेर संरचना भत्काउने सहमति भएको बताउनुभयो ।

यसअघि गत वर्ष हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुुङ्गे पुलतर्फ सडकको दाया र बाया पर्ने संरचना हटाएर करिब चार सय मिटर लामो नाली निर्माण भएको थियो । यस वर्ष संघीय सरकारको समपुरक योजना मार्फत दरवाङ बजारको सडक कालोपत्र गरेर पक्की बनाउन योजना निर्माण शुरु भएको छ ।

रु. एक करोड ६६ लाख ४९ हजार सात सय ३२ लागत अनुमान गरिएको योजना निर्माणका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा रु. एक करोड २६ लाख ८२ हजार आठ सय ८८ कबोलेको सापकोटा बिल्डर्स छनौट भएको छ ।

२०८२ माघ ३० गते ठेक्का सम्झौता भएको योजना आगामी २०८३ असार १५ गते सम्पन्न गर्ने लक्ष्य रहेको मालिका गाउँपालिकाका पूर्वाधार शाखाका प्रमुख दिपक सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार यस योजना मार्फत दरवाङको तल्लो उल्लो बजार क्षेत्रमा एक किलोमिटर चार सय मिटर कालोपत्र गरिने भएको छ ।

सडक बिस्तार र कालोपत्र भएपछि सवारी साधन आवत जावत सहज हुने स्थानीयबासीको अपेक्षा छ । तिब्र रुपमा बस्ति विकास भएको दरवाङ बजारको भित्रि सडक साँघुरा हुँदा सवारी साधन आवत जावत असहज हुनुका साथै दुर्घटनाको जोखिम छ । तीन सय बढी घर रहेको दरवाङ बजारको जनप्रिय मावि रहेको टोलमा दुई वर्षअघि गण्डकी प्रदेश सरकार मार्फत कालोपत्र भएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...