
बेनी। कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय बेनीले आइतबार बेनी सामुदायिक माविमा वित्तीय साक्षरता र सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व वित्तीय हप्ताह २०२६ को अवसर पारेर आयोजना गरिएको कार्यक्रममा करिब ६० जना विद्यार्थी र शिक्षकहरुको सहभागिता थियो । ‘स्मार्ट मनि टक्स’ भन्ने मुल नाराका साथ हरेक वर्ष मार्च १६ देखी मार्च २२ सम्म विभिन्न वैंक वित्तीय संस्थाहरु मार्फत वित्तीय साक्षरता
कार्यक्रम संचालन हुने गरेको छ ।

कार्यक्रमले सहभागीहरुलाई पैसाको महत्व, बचत, खर्च र आम्दानीलाई बुद्दिमतापूर्ण ढंगबाट कसरी परिचालन गर्ने, सहि योजना निर्माण कसरी गर्न सकिन्छ, भन्ने बारेमा जानकारी प्रदान गरिएको थियो । साथै डिजिटल वैंकिङ सेवाहरुको प्रयोग र सो प्रयोग गर्दा हुन सक्ने जोखिमको बारेमा समेत साक्षत्कार गरिएको थियो ।

उक्त कार्यक्रमबाट सहभागीहरुले अर्थको सहि उपार्जन मार्फत आफ्नो जिवनमा सकरात्मक प्रभाव पार्ने र डिजिटल वैंकिङ सेवाहरुको सुरक्षित प्रयोगबाट विभिन्न वित्तीय अपराधहरु कम गर्न सहयोग गर्ने विश्वास लिएको संस्थाका शाखा प्रबन्धक आशिष पौडेलले जानकारी दिनुभयो ।

