मालिकामा ४–९ कक्षाको पालिका स्तरीय परिक्षा सञ्चालन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

दरवाङ । म्याग्दीको मालिका गाउँपालिकाले कक्षा ४ देखि ९ सम्मको पालिका स्तरीय परिक्षा सञ्चालन गरेको छ ।

धेरै स्थानीय तहहरुले कक्षा ८ को मात्रै पालिका स्तरीय परिक्षा सञ्चालन गर्दै आएका छन् । मालिका गाउँपालिकाले कक्षा ४, ५, ६, ७, ८ र ९ को परिक्षालाई पालिका स्तरीय बनाएको हो ।
विद्यार्थीहरुको सिकाई उपलब्धीको वास्तविक अवस्था पहिचान गर्नका लागि यस वर्षदेखि ४ देखि ९ कक्षा सम्मको पालिका स्तरीय परिक्षा सञ्चाल गरेको मालिका गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजालले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

आइतबारदेखि मालिकामा रहेका ३१ वटै विद्यालयमा वार्षिक परिक्षा शुरु भएको छ । ३१ वटै विद्यालयलाई परिक्षा केन्द्र तोकिएको छ । पालिका स्तरमा प्रश्नपत्र तयार पारिएको छ । कक्षा ८ को उत्तरपुस्तिका पालिका स्तरमै परिक्षण गरिने भएको छ ।

Shreekrishna

हरेक विद्यालयबाट कक्षा ५ को उत्कृष्ट पाँच वटा उत्तरपुस्तिकालाई पालिकामा ल्याएर पुन परिक्षण गरेर मूल्याङ्कन र नतिजा विष्लेषण गरिने शिक्षा अधिकृत रिजालले बताउनुभयो । सम्बन्धित विद्यालयका प्रअलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । निरिक्षक भने फरक विद्यालयका शिक्षकलाई खटाइएको छ ।

प्रश्नपत्र, उत्तरपुस्तिका र परिक्षा सामग्रीको ब्यवस्थापन गाउँपालिकाले गरेको हो । परिक्षा सञ्चालनमा खटिएका शिक्षकहरुलाई मापदण्ड बनाएर निश्चित सेवा सुविधा पनि उपलब्ध गराउने ब्यवस्था मिलाएको शिक्षा अधिकृत रिजालले बताउनुभयो । परिक्षा सञ्चालनका विषयमा प्रअ बैठक आयोजना गरेर अभिमुखीकरण गरिएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...