महिलाहरुका लागि निशूल्क लोकसेवा तयारी कक्षा

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः बेनीमा आइतबारदेखि महिलाहरुका लागि निशूल्क लोकसेवा तयारी कक्षा सञ्चालन भएको छ ।

छोरी बुहारीहरुलाई निजामती सेवातर्फ आकर्षित गराउने उद्देश्यले एकिकृत सेवा कार्यालयले बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा तालिम सञ्चालन गरेको हो । २० दिनसम्म सञ्चालन हुने तालिममा ३१ जनाले सहभागिता जनाएका कार्यालयका प्रमुख सम्सेर बहादुर घर्ती क्षेत्रीले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

निजामती सेवामा छोरी बुहारीहरुको उपस्थिति बढाउने र उनिहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको उहाँले बताउनुभयो । तालिमको जिल्ला समन्वय अधिकारी निलकण्ठ शर्माले उद्घाटन गर्नुभयो ।

Shreekrishna

जिसस अधिकारी शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी कुलराज आचार्य, म्याग्दी बहुमुखी क्यामपसका प्रमुख श्रीधर शर्माले तालिमले निजामती सेवाप्रति भोज गराउने विश्वास गर्नुभयो ।
एकिकृत सेवा कार्यालयले गत वर्ष पनि लोकसेवा तयारी कक्षा सञ्चालन गरेको थियो । तालिम उद्घाटन कार्यक्रमको सञ्चालन कार्यालयका उदयबहादुर बस्नेतले गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...